सुरौदी खोला कटान | जलाधार क्षेत्र | सिँचाइ अभाव | जलपर्यटन

तस्बिर: रासस
तस्बिर: रासस

समाचार

सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

चुनावमा आश्वासन पाइए पनि सुरौदी खोला कटान नियन्त्रण व्यवहारमा नआएको स्थानीयको गुनासो छ।

By रासस |

कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन्। विसं २०४८ देखि नै यही मुद्दाको सम्बोधन हुने आशामा यहाँका मतदाताले धेरै उम्मेदवारलाई भोट हालिसकेका छन्। तर सुरौदी खोला कटान पीडितका समस्या अहिले पनि ज्यूँका त्यूँ छ। 

कास्की, स्याङ्जा र तनहुँ तीन जिल्ला हुँदै बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका बासिन्दा कटान नियन्त्रण नहुँदा बर्सेनि समस्यामा पर्दै आएका छन्। यस क्षेत्रमा पुलको अभाव उत्तिकै खड्किएको छ। कहिले कास्कीको क्षेत्र नं १ त कहिले क्षेत्र नं २ मा पर्दै आएको यो पोखरा महानगरपालिका–३३ मा रहेर पनि कास्कीको दुर्गम भेगझैँ बनिरहेको स्थानीय समाजसेवी यामप्रसाद पौडेलले बताउनुुभयो।

महानगरको वडा भएर पनि यहाँ पोखराबाट नभइ तनहुँको दुलेगौँडाबाट आउन सजिलो छ। सडक तथा यातायातको पहुँच नभएकैले यहाँका सर्वसाधारण आफ्नै जिल्ला सदरमुकाम पोखरा पुग्न तनहुँको दुलेगाँैडा हुँदै जानुपर्ने बाध्यता छ।

सुरौदी खोला कटान नियन्त्रणका लागि पटक पटकका चुनावमा भोट माग्न आउने उम्मेदवारलाई समस्या दर्शाउने गरेका यहाँका स्थानीयले उम्मेदवार तथा पार्टीबाट चुनावका समयमा राम्रै आश्वासन पाए पनि त्यसलाई व्यवहारमा देख्न नपाएको गुनासो गर्छन्।

सुरौदी खोलाको जलाधार नियन्त्रण गर्दै आसपासका जग्गामा सिँचाइ उपलब्ध गराउन सकेमा यहाँको उत्पादनले समग्र पोखरालाई आत्मनिर्भर बनाउन सक्ने अगुवा किसान रमेश आचार्य बताउनुहुन्छ। कटानको कहर पटक–पटक सुनाए पनि यसतर्फ राज्यको चासो नपुग्दा स्थानीयले दुःख पाएको उहाँले बताउनुुभयो।

कटान नियन्त्रणका लागि ठाउँठाउँमा तटबन्ध निर्माण गर्न सकिएमा सुरौदी फाँट कृषि उत्पादनको अब्बल भूमिमा परिणत हुने स्थानीयको भनाइ छ। यहाँका केही स्थानमा झोलुङ्गे पुल अत्यावश्यक देखिन्छ। जलाधार क्षेत्रको सुरौदी खोलामाथि तिखेढुङ्गा र पहरे जोड्ने झोलुङ्गे पुल नहुँदा यस क्षेत्रमा खेतीपाती र आवतजावत गर्नेहरूले वर्षामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। 

खोला आसपासका उब्जाउ योग्य भू–भागमा खोलाको पानीको उपयोग हुन सकेको छैन। ती क्षेत्र सिँचाइविहीन रहेको चण्डी माध्यमिक विद्यालय बरभोटेनीका प्रधानाध्यापक सन्तोराज लामिछानेले बताउनुुभयो। “खोलाले बर्सेनि कटान गरिहेको समस्या त छँदैछ, तल खोला बगिरहेको छ तर किनाराका खेत तथा बारी सिँचाइ गर्ने पानी नहुँदा सुख्खा बनेका छन्”, उहाँले भन्नुुभयो। 

कुर्लिङ क्षेत्रमा तटबन्ध निर्माण गरी जलाशय निर्माण गर्ने होभने त्यसबाट जलपर्यटनसँगै माछापालन एवम् खेतीयोग्य भूभागमा सिँचाइ गर्न सकिने समाजसेवी यामप्रसाद पौडेलले बताउनुभयो।

थप सामाग्री पढ्नुहोस

समाचार

रहेनन् विवेक मण्डल, मृत्यु हुनेको संख्या तीन, रौतहटमा अर्को आत्मदाहको प्रयास

शुक्रबार दिउँसोको समयमा सर्लाही गोडैता १० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको उपचारको क्रममा...

अर्थहरु

समाचार

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

'कालो सुनका रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको...

रासस

समाचार

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दीको मालिका गाउँपालिका७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि असार दोस्रो सातामै रोपाइँ...

रासस

×

×