Internship program - प्रशिक्षार्थी कार्यक्रम

फारसाइट ईङ्क अनुसन्धान र डिजिटल पत्रकारिता प्रकाशन संस्था हो। यस संस्थाको उद्देश्य व्यवसाय, वित्त, अर्थतन्त्र, राजनीति, प्रविधि, वातावरण र समाज सम्बन्धी विषयहरूमा विशेषज्ञ अन्तर्वार्ता, अनुसन्धान, विश्लेषण र गहिरो रिपोर्टिङमार्फत सूचनामूलक अन्तर्दृष्टि प्रदान गर्नु हो।

फारसाइट ईङ्क प्रकाशित नेपाली भाषाको 'अर्थहरु' र अंग्रेजी संस्करणमा the_farsight का माध्यमबाट जटिल विषयहरूको विस्तृत संरचना प्रस्तुत गर्न विज्ञान, प्रविधि, तथ्य, तथ्यांक, तर्क र प्रक्रिया प्रयोगलाई प्राथमिकता दिँदै गलत सूचना विरुद्धको प्रयास पनि हो।

हाम्रो प्रशिक्षार्थी कार्यक्रम पूर्णकालिक—हप्ताको ५ दिन सोमबारदेखि शुक्रबारसम्म कार्यालयमा—मासिक भत्ता रु १०,००० (रुपैयाँ दश हजार) सहितको कार्यक्रम हो। यस कार्यक्रमबाट पत्रकारिता वा मिडियामा करियर बनाउने इच्छुक दुई जना स्नातक तह उत्तीर्ण वा स्नातक तह अन्तिम वर्षको परिक्षा दिएर बसेका, तथा अर्थतन्त्र, व्यवसाय, वित्त, वातावरण वा राजनीतिमा विशेष रुचि राख्ने लेखक वा विश्लेषकहरूका लागि अवसर प्रदान गरिन्छ।

कार्यक्रम विवरण

यो कार्यक्रम चार महिनाको हुनेछ। यस अवधिमा प्रशिक्षार्थीले पत्रकारिता करियरका विभिन्न पक्षहरू सिक्नेछन् र अन्ततः अर्थहरूमा आफ्ना लेख प्रकाशित गर्ने अनुभव प्राप्त गर्नेछन्। कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको छ:

एक्सपोजर (Exposure): यस चरणमा प्रशिक्षार्थीलाई अर्थहरुका तीन मुख्य पक्ष—अनुसन्धान, लेखन र मिडिया—बारे जानकारी दिइनेछ। यो चरण सबैभन्दा छोटो हुन्छ, करिब २ हप्तासम्म।

डाइभिङ इन (Diving In): यस चरणमा प्रशिक्षार्थीले टिम सदस्यसँग सहकार्य गर्नेछन् र अनुसन्धान, रणनीति, अन्तर्वार्ता, ब्रेनस्टोर्मिङ आदि कार्यहरूमा सहयोग गर्नेछन्। यो चरण २ हप्ता लामो हुनेछ।

व्यवसायिक अनुभव (Professional Experience): यो चरणमा प्रशिक्षार्थीलाई लेख लेख्ने, अनुसन्धान गर्ने र अर्थहरुमा लेख प्रकाशित गर्ने जिम्मेवारी दिइनेछ। यो कार्यक्रमको मुख्य हिस्सा हुनेछ र बाँकी रहेको ३ महिनासम्म चल्नेछ। यस अवधिभर कम्तिमा एउटा अन्तर्वार्ता प्रकाशन गर्नु पर्नेछ।

हामीले खोजेको योग्यता:

  • स्नातक तहको अध्ययन पूरा गरेको वा अन्तिम वर्षको परिक्षा सकाएको
  • अर्थतन्त्र, व्यवसाय, वित्त, वातावरण वा राजनीतिमध्ये कुनै एक वा सबै विषयमा रुचि भएको
  • नेपाली टाइपिंग जानेको (यूनिकोड। प्रीति वा अन्य कुनै भएमा यूनिकोडमा बद्लिन जानेको)
  • लेखन, अनुसन्धान, पत्रकारिता वा मिडियामा करियर बनाउने चाहना भएको
  • आलोचनात्मक सोच राख्ने, सान्दर्भिक र ज्ञानवर्धक लेख तयार गर्ने क्षमता भएको
  • नेपाली लेखन तथा शब्दसामर्थ्य भएको
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमप्रति चासो र बुझाइ भएको

हामीबाट सिक्न सकिने कुराहरू

अनुसन्धान अनुभव

  • स्रोत संकलन
  • अध्ययन तथा पाठ विश्लेषण
  • अन्तर्वार्ता तथा सर्वेक्षणमार्फत तथ्याङ्क संकलन

मिडिया अनुभव

  • अन्तर्वार्ता
  • समाचार विश्लेषण
  • ट्रान्सक्रिप्सन (अन्तर्वार्ता लेखमा उतार्ने)

लेखन

  • लेख तयार गरी प्रकाशित गर्ने
  • व्याख्यात्मक लेख (Explainers)
  • समाचार संक्षेप (News Briefs)
  • सामाग्री लेखन (content writing)

सञ्चार

  • सामाजिक सञ्जाल रणनीति
  • सामाजिक सञ्जालको उचित प्रयोग
  • ब्रान्डिङ र आवाज
  • इमेलमार्फत सम्पर्क
  • प्रस्ताव लेखन

आवेदन दिनुहोस्:

कृपया आफ्नो कभर लेटर, बायोडाटा (CV), र कुनै पनि विषयमा लेखिएको नमूना लेखसहित आवेदन [email protected] मा पठाउनुहोस्। इमेलको विषय (subject) मा ‘प्रशिक्षार्थी’ लेख्न नभुल्नुहोला। कार्यक्रम सम्पन्न गरेपछि, योग्य प्रशिक्षार्थीहरूलाई हाम्रो सानो तर बढ्दो टिममा समावेश हुने अवसर प्रदान गरिनेछ। 

फारसाइट इंकको अंग्रेजी संस्करण the_farsight को प्रशिक्षार्थी कार्यक्रम देहायको लिंकमा थिचेर बुझ्नसक्नु हुन्छ: the_internship

×

×