Write For Us (हाम्रो लागि लेख्नुहोस्)

स्वतन्त्र पत्रकार, शास्त्रीय क्षेत्रका व्यक्ति, अनुसन्धानकर्ता र विश्वभरका अन्य पेशेवरहरूलाई नेपाल र दक्षिण एसियासँग सम्बन्धित मुद्दाबारे लेखको लागि हामी स्वागत गर्दछौं ।

यी पाठकहरूका लागि सधैं महत्त्वपूर्ण र जानकारीमूलक हुने सरल लेखन शैलीको सिर्जनात्मक, कल्पनाशील, साहसी र जुनसुकै विषयका विश्लेषणात्मक कथा तथा सामग्रीहरु हुन सक्छन् — जस्तै कथा, अन्तर्वार्ता, लामो-लेख (अनुसन्धानमूलक वा राय), फोटोग्राफी, र डिजिटल रूपमा प्रयोग गर्न सकिने विभिन्न कलाहरू । 

हाम्रो सम्पादकीय मापदण्डहरू साधारण छन्:

  • सामग्रीहरू अर्थ दिने, राम्ररी अनुसन्धान गरिएको र स्पष्ट रूपमा लेखिएको हुनुपर्छ।
  • तपाईंको सामग्री तथ्य, तथ्याङ्क र तर्कमा आधारित र सुसंगत हुनुपर्छ। हामी घटनाक्रम र उपाख्यानहरूलाई अस्वीकृत गर्दैनौं, तर ती सन्दर्भ र दायरासँग मेल खानुपर्छ।
  • कडा प्राविधिक भाषा, शब्दजाल र आडंबरपूर्ण शब्दहरूको प्रयोगबाट टाढा रहनुहोस्। बृहत् पाठकहरूको लागि तपाईको विचार, परिप्रेक्ष्य र अनुसन्धान सरल भाषामा लेख्नुमा नै सुन्दरता छ।
  • राम्रो व्याख्यात्मक कामको शब्द सीमा छैन। तथापि, लेखकहरूले लामो लेखहरू पाठकहरूका लागि कम आकर्षक हुनसक्ने कुरा बुझ्नुपर्दछ।
  • संक्षिप्तता सबै ठाउँमा मनमोहक हुन्छ। तपाईलाई आफ्नो लेख छोट्याउन गाह्रो भइरहेको छ भने हामी तपाईसँग मिलेर अनावश्यक अंश हटाउन सक्छौं।

लेखनका लागि केही सुझावहरू:

  • निश्चित रूपमा नेपाली भाषा औसत भन्दा राम्रो हुनुपर्छ। आफ्नो सामग्री प्रभावकारी छ भने नहिचकिचाउनुहोस्। आफ्नो प्रयास गर्नुहोस्| बाँकी हामीमा छोडिदिनुहोस्।
  • सामग्री प्राप्त भएपछि, हामी लेखकसँग आवश्यकता अनुसार पटक पटक विचार-विमर्श गर्नुपर्ने हुन सक्छ। जहाँ स्पष्टता आवश्यक छ, हामी प्रश्न गर्नेछौं र तपाईले आफ्नो काममा थप वस्तुनिष्ठता दिनुपर्ने हुन सक्छ। यो प्रक्रिया हाम्रो दुवैका लागि एक सिकाइको यात्रा हुनेछ।
  • हामीसँग निश्चित शैली मार्गदर्शिका छैन। आफ्नो काम पठाउनु अघि हिज्जे र व्याकरण जाँच गर्न नबिर्सनुहोस्।

×

×