समाचार

बालेन सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट

By अर्थहरु |

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

शुक्रबार बसेको संघिय सदनको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । 

चालु आर्थिक वर्ष २०८२/८३ मा कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो। 

आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमध्ये १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ भने पुँजिगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै, वित्तिय व्यवस्थापनका लागि सरकारले ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ। 

चालु आवमा सरकारले पुँजिगततर्फ १९ खर्ब ८० अर्ब ९८ करोड, पुँजिगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तिय व्यवस्थापनतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो। 

आगामी आवको बजेटमध्ये भने सरकारले स्रोतका रूपमा राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ संकलन हुने, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड र अपुग हुने ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ ऋणमार्फत व्यवस्थापन गरिने वाग्लेले बताएका छन्। यसमध्ये २ खर्ब ४७ अर्ब २८ करोड वैदेशिक ऋणबाट र ४ खर्ब १० अर्ब आन्तरिक ऋणबाट व्यवस्थापन गरिने बजेटमा उल्लेख छ।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाज

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...

•भूमिराज पिठातोली/रासस

समाचार

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...

•रासस

समाज

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...

•रासस

×

×