साउन पहिलो साताबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको नागढुङ्गा सुरुङ्गमार्गका लागि जापान सरकारले थप ५ अर्ब २६ करोड ऋण उपलब्ध गराएको छ।
जापान र नेपालको संयुक्त लगानीमा बनिरहेको यो सुरुङ्गमार्ग नेपालकै पहिलो आधुनिक सुरुङ्गमार्ग हो। साउनको पहिलो साताबाट व्यवसायिक रूपमा सुरुङ मार्ग आम नागरिकका लागि प्रयोगमा ल्याउने गरी काम सम्पन्न भइरहेको नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनाको कार्यालयले जनाएको छ।
बहुप्रतिक्षित नेपालकै पहिलो आधुनिक सञ्चालन हुने चरणमा पुगेको नागढुङ्गा सुरुङ्गमार्ग परियोजनालाई जापानले थप ५.७ अर्ब येन अर्थात् ५ अर्ब २६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दिने सम्झौता भएको छ। नेपालका लागि जापानका राजदूत तोरु मायेदा र अर्थ सचिव घनश्याम उपाध्यायले जेठ २० गते बुधवार यो सम्झौतामा हस्ताक्षर गरी आदानप्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ।
हाल लिएको ऋणको ब्याजदर वार्षिक १.९५ प्रतिशत रहनेछ। र परामर्श सेवाको लागि उपयोग हुने रकममा वार्षिक ०.५५ प्रतिशत ब्याजदर लाग्ने भनिएको छ। ऋण भुक्तानीको अवधि २० वर्ष तथा ग्रेस अवधि १० वर्षको रहने व्यवस्था सम्झौतामा उल्लेख छ।
यसअघि सन् २०१६ डिसेम्बरमा उक्त परियोजनाका लागि १५.९९ अर्ब रुपैयाँ सम्मको ऋण सहायता दिने पहिलो सम्झौता भएको थियो। थप ५.२६ अर्बसँगै यो परियोजनामा जापानबाट लिइएको कुल ऋण २१.२५ अर्ब रुपैयाँ पुगेको छ। यसमा नेपाल सरकारको पनि ६ अर्ब रुपैयाँ लगानी छ।
यो परियोजना सन् २०१९ मा सुरु भएको थियो। जापानकै निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनमार्फत् निर्माण अघि बढाएको हो। सुरुमा ४२ महिनामा काम सक्ने गरी आयोजना आरम्भ गरिएको थियो। पछि पटक पटक म्याद थप गर्दा पनि काम नसकिएको हो।
आयोजना कार्यान्वयनका क्रममा मूल्य समायोजन, सुरुङ निर्माण कार्यको परिमाण तथा डिजाइन परिवर्तन, थप निर्माण कार्यको आवश्यकता, कोभिड–१९ महामारी, स्थानीय अवरोध तथा विनिमय दरमा आएको परिवर्तन लगायतका कारण आयोजनाको लागि थप बजेट आवश्यक परेको हुँदा, फेरि ऋण थप गरिएको विज्ञप्तिमा उल्लेख छ।
कुल २,३८८ किलोमिटर लम्बाइ भएको उक्त सुरुङ्गमार्ग ३.५ मिटर चौडाइका दुई वटा लेन र दुवैतर्फ पानी बग्ने नालीहरू सहितको बनाइएका छन्। पुल, कल्भर्ट र अन्य संरचना १२ वटा अनि सुरुङ्गमार्गको दुवै मुखमा ‘टोल’ स्थापना गरिएको छ। उक्त सुरुङ्गमार्गमा आपत्कालीन उद्धार प्रणाली स्थापना गरिएको छ। सुरुङ्गमार्गमा चौबिसै घण्टा ‘भेन्टिलेसन’को व्यवस्थापन गरिएको छ। सुरुङको जुनसुकै स्थानमा कुनै घटना भएको खण्डमा बढीमा सात मिनेट भित्र त्यहाँ पुग्ने गरी व्यवस्थापन गरिएको छ।
यो सुरुङ्गमार्गमा मुख्य र सहायक (ईभ्याकुएसन टनेल) गरी दुई वटा मार्ग रहेका छन्। जसमा मुख्य सुरुङ्गमार्गमा सवारी साधन सञ्चालन गरिन्छ भने सहायक मार्ग आपत्कालीन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको छ।
सुरुङ्गमार्गको निर्माणका काम चाहिँ अब बाँकी नरहेको आयोजनाको सूचना अधिकारी तथा उपनिर्देशक सञ्जय पन्थीले बताए। जडान गरिएका उपकारणहरूको प्राविधिक काम भइरहेको छ। पोर्टलहरूमा पहिरो रोकथामका काम भइरहेको छ।
नागढुङ्गा सरुङ्मार्ग सञ्चालनको ठेक्का चिनियाँ संलग्न ज्वाइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटी जेभीले पाएको छ। कम्पनीले ५ वर्षसम्म सुरुङ्गमार्ग सञ्चालन र व्यवस्थापनका लागि कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। सडक विभागका अनुसार वार्षिक करिब २२ करोड रुपैयाँ सरकारले ठेक्का बापत कम्पनीलाई लाई दिनुपर्नेछ। विभागले वार्षिक ३५ करोड लागत लाग्ने अनुमान गरेको थियो।
सेवा प्रदायक कम्पनीले तीन महिनाभित्र जनशक्तिलाई तालिम दिएर सुरुङ सञ्चालनमा ल्याउनुपर्नेछ। अहिले यहाँ खटाइने जनशक्तिलाई आपतकालिन उद्धार, टोल बुथ सञ्चालन लगायतका ट्रेनिङ दिइने काम भइरहेको छ। सफ्टवेयर जडान र परीक्षण, टेलिफोन जडान लगायतका अन्य प्राविधिक कामहरू भइरहेको छ।
साउन पहिलो साता देखि नेपालकै पहिलो सुरुङ्गमार्ग व्यावसायिक रूपमा सञ्चालन गर्ने गरी कामहरू अगाडी बढी रहेको, आयोजनाको उप–निर्देशक सञ्जय पन्थीले बताए।
कुल २,६८८ मिटर लामो सुरुङ्गमार्गले नौबिसे काठमाडौं सडक खण्डको यात्रा अवधि औसत २० मिनेटमा झार्ने ठानिएको छ। यो सुरुङ्गमार्गले उकालो, घुम्ती र धेरै जाम हरने क्षेत्र छल्न सहयोग गर्नेछ। अर्थहरूसँग कुरा गर्दै पन्थीले भने, ‘यो सडक खण्ड भएर दैनिक १४ हजार सवारीसाधन आवतजावत गर्छन्। जसमध्ये ७ देखि ८ हजार चार पाङ्ग्रे सवारीसाधन हुनेछ।’
सुरुङ्गमार्गबाट मोटरसाइलक जस्ता दुई पाङ्ग्रे र ट्याम्पोजस् तीन पाङ्ग्रे सवारीसाधन आउजाउ गर्न पाउन छैन। इन्धन लगायतका अति प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनले पनि यो मार्ग प्रयोग गर्न पाउने छैन।
सरकारको निर्णय अनुसार सुरुङ्गमार्ग भएर उपत्यका प्रवेश गर्ने प्रत्येक कार र भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने हुन्छ। सुरुङ्गमार्गको बाटो भएर काठमाडौँ आउँदा प्रत्येक मिनिबस र मिनिट्रकलाई ११५ रुपैयाँ र फर्कँदा ८० रुपैयाँ तिर्नुपर्ने हुन्छ।
त्यस्तै, बस तथा ट्रकले भने काठमाडौँ छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ दस्तुर तिर्नु पर्ने हुन्छ। भारी उपकरणका सवारीसाधनको हकमा अलि महँगो दस्तुर तोकिएको छ। यस्ता सवारीसाधनले काठमाडौँ आउँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तिर्नुपर्ने हुन्छ।
नागढुङ्गा सुरुमार्गको लागत विभिन्न कारणले बढेर अहिले २७.२५ अर्ब रुपैयाँ पुगेको छ। यो झन्डै २४ प्रतिशतले लागत बढेको देखिन्छ। नागढुङ्गा सुरुङ्गमार्गको सुरुवाती चरणमा १५.९९ अर्ब रुपैयाँमा सुरुङ्गमार्ग निर्माण सम्पन्न गर्ने र ६ अर्ब रुपैयाँ भूमि अधिग्रहण गर्ने गरी कुल २१.९९ अर्ब रुपैयाँमा परियोजना सम्पन्न गर्ने लक्ष्य थियो। तर निर्माण कार्यमा ढिलो हुँदा लागत बढेको हो।
थप सामाग्री पढ्नुहोस
बीवाईडीले कर छलेको विषयमा छानबिन गर्न समिति गठन, के हो प्रकरण?
राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका ७७९ वटा विद्युतीय सवारी साधनबारे छानबिन...
वर्तमान सरकार र सेना सम्पत्ति छानबिनको दायरा बाहिर, पूर्व पदाधिकारीहरूको सम्पत्तिमाथि अनुसन्धान हुने
गत भदौमा भएको आन्दोलनको प्रमुख मुद्दाका रूमपा रहेको सम्पत्ति छानबिनको विषयमा वर्तमान सरकारले...
काठमाडौं। गत भदौमा भएको जेनजी प्रदर्शन र त्यसपछि सिर्जित राजनीतिक घट्नाक्रमका बीच भएको...
×