रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ। साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना, धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ। गोखरामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ।
प्रहरीका अनुसार चितवनमा १५ महिला, १९ पुरुष, २ जना बालिका, चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ। त्यसैगरी तनहुँमा एक महिला, ६ पुरुष, एक बालिका, एक बालकको शव भेटिएको छ। नवलपरासी पूर्वमा ६ महिला, १५ पुरुष, ४ बालिका, एक बालक र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×