कृषि विकास बैंकको त्रिशूली शाखा कार्यालयमा सुरक्षाकर्मी र उद्धार टोलीले उद्धार कार्य। तस्बिर: प्रदीपराज बाँता/आरएसएस
कृषि विकास बैंकको त्रिशूली शाखा कार्यालयमा सुरक्षाकर्मी र उद्धार टोलीले उद्धार कार्य। तस्बिर: प्रदीपराज बाँता/आरएसएस

समाचार

नेपालमा बाढीले मृत्यु हुनेको सङ्ख्या ७३४ पुग्यो, चीनमा १०४ नेपाली बेपत्ता

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ।

By प्रेम कुमार साह |

प्राधिकरणले आज बिहान ९ बजे सम्मको विवरण सार्वजनिक गर्दै हालसम्म रसुवा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ जनाएको छ। 

विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको छ। रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार हालसम्म ८ हाजर १८६ उद्धार गरिएको छ। काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराएर १६० जना डिस्चार्ज भएका छन्। 
 
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८४ जना कर्मचारी अझै सम्पर्कविहिन रहेको प्रहरीले जनाएको छ। 

नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्क विहिन रहेका छन्। 

चीनतर्फ १०४ जना नेपाली बेपत्ता 

त्यस्तै चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा १०४ जना नेपाली नागरिक बेपत्ता छन्। यस विपद्मा परी कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहिन भएका छन्। जसमा सबैभन्दा धेरै नेपाली रहेका छन्। 

चिनियाँ सरकारी सञ्चारमाध्य सीजीटीएनले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा यो तथ्यांक सार्वजनिक गरेको हो। 

सार्वजनिक गरिएको विरण अनुसार बेपत्ता विदेशी नागरिकहरुमा १०४ नेपाली, ४९ जना भारत, ३३ जना लाटभिया, १८ जना अमेरिकी, १५ जना बेलायती, ६/६ जना अस्ट्रेलिया र क्यान्डा, ४ जना दक्षिण अफ्रिकी, ३/३ जना जर्मनी, मलेसिया र रुसका रहेका छन्। 

इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड्स र न्युजिल्यन्डका २/२ जना र फिनल्यान्ड, हङ्गेरी, काजाकिस्तान, लियुआनिया, पोर्चुगल, स्पेन र युक्रेनका १/१ जना रहेका सीजीटीएनले जनाएको छ। 
आइतबार बिहानको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, हाल केरुङ काउन्टीमा कुनै पनि विदेशी पर्यटक अलपत्र अवस्थामा छैन्। 

चिनियाँ अधिकारीहरुले बेपत्ता भएका विदेशी नागरिकहरुबारे चीनमा रहेका सम्बन्धित देशमा दूतावास तथा वाणिज्य दूतावासहरुलाई जानकारी गराइसकेका छन्।

प्रेम कुमार साह आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी हुन्। हाल 'अर्थहरू' का लागि विराटनगरबाट अर्थतन्त्र र राजनीति विषयमा समाचार सम्प्रेषण गर्दै रिपोर्टिङ इन्टर्नका रूपमा इन्टर्नशिप गरिरहेका छन्।

थप सामाग्री पढ्नुहोस

समाचार

सरकार र सत्तारुढ दलको समानान्तर निजी सञ्चार माध्यम, सरकारी ओझेलमा

देशमा पछिल्लो समय सरकारका महत्वपूर्ण सूचना सार्वजनिक गर्ने शैलीमा परिवर्तन देखिन थालेको छ।...

प्रेम कुमार साह

समाचार

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट...

रासस

समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ब्रेक...

रासस

×

×