समाचार

कोशीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा

काठमाडौंमा सत्ता समीकरण फेरबदलको लागि भएको सहमतिले कोशी प्रदेशमा कांग्रेस प्रदेश सरकारबाट बाहिरिनु परेको छ।

By प्रेम कुमार साह |

नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। कोशीमा मन्त्री रहेका कांग्रेस नेताहरुले बुधबार सामूहिक रुपमा मुख्यमन्त्री हिक्मत कार्की समक्ष राजीनामा बुझाएका छन्।

कोशी प्रदेशमा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बु, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सरकारमा सहभागी थिए। 

कांग्रेस २०८१ भदौ २ गते कोशी प्रदेश सरकारमा सहभागी भएको थियो। एमाले र नेकपाले साउन ९ मा प्रदेश सरकारहरु मिलेर चलाउन ३ बुँदे सहमति गरेपछि एमाले र कांग्रेसबीचको सहकार्य टुटेको थियो। 
नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीका मन्त्रीलाई राजीनामा दिन दबाब थियो।
 
कांग्रेसका मन्त्रीहरु बाहिरिएपछि कोशी प्रदेश सरकारमा पुन नेकपाको प्रवेश हुने भएको छ। 
कांग्रेस सरकारबाट बाहिरिएपछि अब एमाले र नेकपाबीच बनेको नयाँ समीकरणअनुसार कोशी प्रदेश सरकार पुर्नगगठनको प्रक्रिया अघि बढ्ने भएको छ। 

केन्द्रको सत्ता समीकरण परिवर्तनसँगै प्रदेशहरुमा सरकार फेरबदलको क्रम तीव्र बनेको छ। 

कोशीमा कुल ९३ जना सांसदमध्ये एक जना सभामुख र एक जना उपसभामुख छन्। जसमध्ये तीन वर्षको अवधिमै भन्डै आधा सांसद मन्त्री बनिसकेका छन्। तीन वर्षमा तीन जना मुख्यमन्त्री फेरिएका छन्। 
प्रदेशसभामा एमालेका ४० (उपसभामुख सिहत), कांग्रेसका २९, माओवादीमा १३, राप्रपाका ६ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीमा ४ र जसपाका १ सांसद छन्। 

सरकार गठनका लागि र बहुमत प्राप्त गर्नका निम्ति ४७ जना सांसदको आवश्यकता पर्छ।

प्रेम कुमार साह आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी हुन्। हाल 'अर्थहरू' का लागि विराटनगरबाट अर्थतन्त्र र राजनीति विषयमा समाचार सम्प्रेषण गर्दै रिपोर्टिङ इन्टर्नका रूपमा इन्टर्नशिप गरिरहेका छन्।

थप सामाग्री पढ्नुहोस

समाचार

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

मालिका गाउँपालिका६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनीदरवाङ सडक कटान गर्नुका साथै दुखुबेँसी गाउँ...

•रासस

समाचार

विराटनगरमा सार्वजनिक यातायातको लागि ‘पोडवे’ सेवाको सम्भाव्यता अध्ययन हुँदै

विराटनगरमा पोडवे निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने चरणमा प्रवेश...

•प्रेम कुमार साह

समाचार

भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

भोटेकोशी र त्रिशूली बाढीबाट क्षतिभएका जलविद्युत् आयोजना पुनःनिर्माणमा करिब रु तनि खर्ब ९०...

•प्रगति ढकाल/रासस

×

×