समाचार

सिरहाको गोलबजारमा गोलीले १ को मृत्यु, प्रदर्शन चर्किदै

सुनसरी गोलीकाण्ड घटेको ५ दिन भइसक्दा पनि सुनसरी लगायत मधेश प्रदेशमा अवस्था थप तनावग्रस्त बन्दै गएको छ।

By प्रेम कुमार साह |

सिरहाको गोलबजारमा गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गणेश यादव रहेको छ भने अर्को एक जना घाइते भएका छन्। नेपालखबरको रिपोर्ट अनुसार प्रहरीले हवाई फायर र अश्रु ग्यास मात्रै प्रयोग गरेको र गोली नचलाएको दाबी गरेको छ। 

यसैबीच, घाइते भएका विकास ठाकुरलाई थप उपचारका लागि काठमाडौं ल्याउने प्रक्रिया अघि बढाइएको छ।

त्यस्तै, सुनसरीको देवानगञ्ज– ३ कप्तानवन्जमा आइतबार राति सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका अर्को युवकको पनि आज दिउँसो उपचारको क्रममा मृत्यु भएको छ। यससँगै देवानगञ्ज गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। भने आज दिउँसाे सिराहकाे गोलबजारमा भएको गोली प्रहारमा गणेश यादवको पछि  मृत्यु हुनेको सङख्या ३ पुगेको छ।

देवानगञ्ज–३ का जयप्रकाश मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो। बिहीबार दिउँसो १.२४ बजे मेहताले अन्तिम सास लिएको अस्पताल प्रशासनले जनाएको छ। 

झडप नियन्त्रण गर्न रातिको समयमा प्रहरीले चलाएको गोलीले जयप्रकाश मेहता गम्भीर घाइते भएका थिए। मेहताको पेटमा गोली लागेर, आन्द्रा बाहिर निस्किएको थियो।

उनको सोमबार शल्यक्रिया गरिएको भए पनि अवस्था सुधार हुन नसकेपछि भेन्टिलेटरमा राखेर उपचार भइहेको थियो। मेहता आफ्‌नो परिवारको एक्लो सनतान थिए। मेहताको ८ महिना अगाडी मात्र विवाह भएको थियो। शव अस्पतालमै राखिएको छ।

आइतबार राति कप्तानगजमा दुई समुदायबीचको हिंसात्मक झडप नियन्त्रण गर्न सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा घाइते भएका देवानगञ्ज– ४ का ओमप्रकाश मेहताको सोही रात उपचारका लागि न्युरो अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत्यु भएको घोषणा गरेको थियो। 

घटनामा गोली लागेर १० जना घाइते भएका थिए। त्यसमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने बाँकी ८ जनाको विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेका छ। उपचारत मध्ये रवीन्द्रकुमार मेहता र अमित यादवको अवस्था अझै गम्भीर रहेको छ।

गोलीकाण्डपछि सुनसरी सिहत मोरङ र मधेश प्रदेशका जिल्लाहरुमा प्रदर्शन भइरेका छन्। सुनसरीको १२ स्थानिय तह मध्ये १० स्थानिय तहमा अनिश्चितकाल कर्फ्यु आदेश जारी गरिएको छ। 

देवानगञ्जको घटनाको विरोधामा बिहीबार कोशी प्रदेशको राजधानी विराटनगरमा विश्व हिन्दू परिषद्को अगुवाइमा विभिन्न हिन्दूवादी संघसंगठनले विरोध जुलुस निकालेको थियो। प्रदर्शनकारीले ‘बालेन सरकार मुर्दावाद’ र ‘दोषीलाई कारबाही गर’ भन्दै नाराबाजी गरेका थिए। 

कप्तानगन्ज गोलीकाण्डको निष्पक्ष छानबिन र दोषीलाई कडा कार्बाहीको माग गर्दै अहिले सुनसरी, मोरङ, जनकपुर, गोलबजार, लाहन, राजविराज, वीरगञ्ज लागात अन्य ठाउँहरुमा निरन्तर युवाहरुले प्रदर्शन गरिरहेका छन्। 

सरकारले खटाएको छानबिन समिति बुधबार देखि नै घटनास्थलमा पुगेर आफ्‌नो काम सुरु गरिसकेको छ। तर स्थानियबासीहरुले छानबिन समितिको निष्पक्षता माथि नै प्रश्न उठाएका छन्। गृहमन्त्रालयले गठन गरेको छानबिन समितिमा सुनसरीको हरिनगर गाउँपालिकामा दुई वर्ष अगाडि भएको हिन्दू–मुस्लिम झडपमा तत्कालीन सुनसरी जिल्लाको एसपी विपिन रेग्मी पनि सदस्य भएकोले स्थानियबासीले विरोध गरिरहेका छन्। त्यस घटनामा तत्कालीन एसपीले पक्षपात गरेको र घटनमा संलग्नहरुलाई उन्मुक्ति दिएको आरोप स्थानियहरुको छ। 

प्रेम कुमार साह आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी हुन्। हाल 'अर्थहरू' का लागि विराटनगरबाट अर्थतन्त्र र राजनीति विषयमा समाचार सम्प्रेषण गर्दै रिपोर्टिङ इन्टर्नका रूपमा इन्टर्नशिप गरिरहेका छन्।

थप सामाग्री पढ्नुहोस

समाचार

सुनसरी घटनाप्रति राष्ट्रपतिको चिन्ता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकाकप्तानगञ्जलगायत क्षेत्रमा हालै उत्पन्न भएको विषम परिस्थितिप्रति गहिरो...

अर्थहरु

समाचार

वीरगन्जको संवेदनशील क्षेत्रमा पाँच दिनका लागि निषेधाज्ञा जारी

सम्भावित तनाव र शान्तिसुरक्षाको अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको...

अर्थहरु

समाचार

सुनसरी घटनापछि सिरहा र धनुषासम्म तनाव, कर्फ्यू जारी, सुनसरीमा मृत्यु हुनेको सङ्ख्या दुई

सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको झडपमा एक जनाको मृत्यु भएपछि त्यसको प्रभाव अन्य जिल्लामा...

अर्थहरु

×

×