तस्बिर: युवराज भट्टराई
तस्बिर: युवराज भट्टराई

समाचार

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

भूमिगत सिँचाइ आयोजनाबाट १० लाख ३७ हजार ८४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ।

By रासस |

काठमाडौं। सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीय स्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख ९० हजार ३८८ हेक्टरमा पुगेको छ।

सिँचाइयोग्य भूमिमध्ये पाँच लाख ३२ हजार ६५५ हेक्टरमा वर्ष भरिनै सिँचाइ सुविधा उपलब्ध भएको छ। वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध गराउनका लागि सरकारले केही ठुला र महत्त्वपूर्ण आयोजनाहरू अगाडि बढाएको छ।

मन्त्रालयका अनुसार, भूमिगत सिँचाइ आयोजनाबाट पाँच लाख ४६ हजार ४४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ।

लिफ्ट र जलाशय सिँचाइ कार्यक्रमबाट  छ हजार ८८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ। ठुला तथा मझौला नदीमा एक हजार ५१८ किमी तटबन्ध निर्माण साथै तटबन्ध निर्माणबाट जम्मा १३ हजार ८९१ हेक्टर जग्गा उकास भएको छ।

भूमिगत सिँचाइ आयोजनाबाट १० लाख ३७ हजार ८४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभागतर्फ १९२ जल मापन केन्द्र र ३५५ मौसम मापन केन्द्र स्थापना र सञ्चालन भएको छ।

नदी कटान डुबान तथा पहिरोको जोखिम व्यवस्थापनका लागि महाकाली, कर्णाली, नारायणी, कोशीलगायतका ठुला नदीमा नदी नियन्त्रण कार्यक्रमका लागि चालु आवमा रु पाँच अर्ब ५९ करोड विनियोजन गरिएको छ।

सोमध्ये महाकाली– दार्चुला, कर्णाली, नारायणी, बबई भादा औरही, खाँडो, त्रियुगा, कोसी बक्राहालगायतका नदीमा एक हजार ४९४ दशमलव ७१ किलोमिटर तटबन्ध निर्माण भएको छ।

चालु आवको फागुन मसान्तसम्म १५ वटा जोखिमयुक्त बजारको संरक्षण तथा बचावटका कार्यहरू जारी रहेको मन्त्रालयले जनाएको छ। जोखिमयुक्त पहिरो पहिचान गरी अध्ययन तथा अनुसन्धान गरी विभिन्न ५३ स्थानमा पहिरो व्यवस्थापन कार्य जारी छ। त्यस्तै, १२ वटा बेसिन गुरुयोजना तयार गरी तीन हजार १६४ वटा लिफ्ट सिँचाइ विस्तार भएको छ।

दुई हजार ५५७ हेक्टर सतह सिँचाइको मर्मत सम्भार भएको छ भने १७४ हेक्टर नयाँ सतह सिँचाइ प्रणाली विस्तार भएको छ।

थप सामाग्री पढ्नुहोस

समाचार

रास्वपा सभापति दिल्ली जाँदै, प्रमको कूटनीति चर्चाको विषय

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तय भएको...

अर्थहरु

अर्थव्यवस्था

कुन परिवेशमा आउँदैछ आगामी वर्षको बजेट?

काठमाडौं। झन्डै दुई तिहाईको बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारको...

अर्थहरु

व्यवसाय

कोटा, कर र तस्करीबीच थिचिएको नेपालको सुन व्यवसाय

नेपालमा सुन गहना केवल व्यापारको विषय होइन। यो हाम्रो संस्कृति, विवाह, चाडपर्व, बचत...

मुकेश जोधानी

×

×