तस्बिर:  स्वर्णिम वाग्ले सचिवालय | फेसबुक
तस्बिर: स्वर्णिम वाग्ले सचिवालय | फेसबुक

समाचार

२७ सार्वजनिक संस्थान नाफामा, १६ अझै नोक्सानीमा

नाफामा सञ्चालन भएका संस्थानबाट आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले ८ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ।

By अर्थहरु |

४५ सार्वजनिक संस्थानहरूमध्येमा २७ वटा मात्रै संस्थानहरू नाफामा रहेको आर्थिक सर्वेक्षण २०८२/८३ ले देखाएको छ।

बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघिय सदनको दुवै सदनमा पेश गरेको २०८२/८३ को आर्थिक सर्वेक्षणले आर्थिक वर्ष २०८१/८२ अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानहरूमध्ये २७ वटा नाफामा र १६ वटा नोक्सानीमा रहेको देखिएको छ। २ वटा सार्वजनिक संस्थानहरू भने बन्द अवस्थामा रहेका छन्। 

यसअघिको आर्थिक वर्षमा २८ वटा सार्वजनिक संस्थानहरू नाफामा र १५ वटा सार्वजनिक संस्थानहरू नोक्सानमा थिए। 

२०८२ असारसम्म यी संस्थानहरूमा नेपाल सरकारको कुल लगानी (शेयर र ऋण गरी) ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। सर्वेक्षणकाअनुसार २०८२ असार मसान्तमा सार्वजनिक संस्थानको कुल सम्पत्ति ९.५ प्रतिशतले वृद्धि भई ३२ खर्ब ६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ५० प्रतिशत भन्दा बढी हो। २०८१ असार मसान्तमा यस्तो सम्पत्ति २९ खर्ब २८ अर्ब ९७ करोड ४६ लाख रहेको थियो। 

२०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको शेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड २० लाख रुपैयाँ र ऋण लगानी  ४ खर्ब २८ अर्ब ३१ करोड १५ लाख रुपैयाँ गरी कुल ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख रहेको छ।

२०८१ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको शेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड १६ लाख रुपैयाँ र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड ७२ लाख रुपैयाँ गरी कुल ७ खर्ब ३ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ रहेको थियो।

२०८२ असारसम्म सार्वजनिक संस्थानमा सरकारको कुल 'लगानी (शेयर तथा ऋण लगानी ) २०८१ असारसम्मको तुलनामा १३.४ प्रतिशतले वृद्धि भएको छ। 

नाफामा सञ्चालन भएका संस्थानबाट आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले ८ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा यस्तो लाभांश ८ अर्ब ८३ करोड ५६ लाख रुपैयाँ रहेको थियो। आर्थिक वर्ष २०८१/८२ मा सरकारको कुल लगानी १३.४ प्रतिशतले बढे पनि प्राप्त लाभांश भने ५.२ प्रतिशतले घटेको छ। 

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय ०.७ प्रतिशतले बढेर ६ खर्ब ७२ अर्ब ४० करोड २६ लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८०/८१ मा यस्तो आय ६ खर्ब ६८ अर्ब ३ लाख रुपैयाँ रहेको थियो। आर्थिक वर्ष २०८१/८२ मा कुल सञ्चालन आय कुल गार्हस्थ्य उत्पादनको १०.८ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा यस्तो अनुपात ११.६ प्रतिशत रहेको थियो। 

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको आयकर दायित्व बापतको व्यवस्था रकम २२.४ प्रतिशतले कमी आई ११ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो दायित्व १४ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो।

आर्थिक वर्ष २०८१/८२ मा सङ्कलन भएको सङ्घीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट आयकर दायित्व बापतको व्यवस्था रकमको योगदान ३.८२ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा यस्तो योगदान ५.१७ प्रतिशत रहेको थियो। 

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

व्यवसाय

कोटा, कर र तस्करीबीच थिचिएको नेपालको सुन व्यवसाय

नेपालमा सुन गहना केवल व्यापारको विषय होइन। यो हाम्रो संस्कृति, विवाह, चाडपर्व, बचत...

मुकेश जोधानी

समाचार

आर्थिक सर्वेक्षणः अर्थतन्त्रको आकार ६६ अर्ब पुग्ने अनुमान, प्रतिव्यक्ति आय १ हजार ५१३

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ अर्ब ९ करोड...

अर्थहरु

वातावरण

असामान्य वर्षाः प्रि–मनसुनका कारण सम्भावित ‘सुपर एल निनो’ र सुक्खा मनसुनको चुनौती

यस वर्ष नेपालको मौसमी अवस्था सामान्यभन्दा निकै फरक देखिएको छ। सामान्यतया मार्चदेखि मेसम्मको...

रासस

×

×