सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।
बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघिय सदनको दुवै सदनमा पेश गरेको २०८२/८३ को आर्थिक सर्वेक्षणमा अर्थतन्त्रको ६६ अर्ब ९ करोड रुपैयाँ पुग्ने उल्लेख गरिएको छ।
अर्थमन्त्री वाग्लेले हाल विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र बाह्य द्वन्द्वका कारण नेपालको आर्थिक वृद्धि दर चालु आवमा ३.८५ प्रतिशत रहने बताए। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत कायम रहेको थियो।
सर्वेक्षणकाअनुसार विश्व अर्थतन्त्रमा देखिएको देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्यपूर्वि एशियामा जारी द्वन्द्वका कारण विश्वभर नै असर देखिएको बेला त्यसको असर नेपालमा पनि देखिएको छ।
चालु आवमा बागमती र गण्डकी प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहेको अनुमान गरिएको छ।
कुल ग्रार्हस्थ उत्पादन (जिडिपि)को संरचनामा कृषि र गैरकृषि क्षेत्रको योदगान क्रमशः २४ प्रतिशत र ७६ प्रतिशत रहने सरकारले अनुमान गरेको छ। साथै, पछिल्लो दशकको प्रवृत्तिका आधारमा कृषि क्षेत्रको योगदान घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै गएको सर्वेक्षणमा उल्लेख छ।
सरकारले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीयक र सेवा क्षेत्रको योगदान क्रमश: २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान गरेको छ। चालु आर्थिक वर्षमा कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमश: १.५८ प्रतिशत र ४.५४ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.०५ प्रतिशत र ४.१२ प्रतिशत रहेको थियो ।
सरकारले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन रु.६६ खर्ब ९ करोड रहने अनुमान गरेको छ। यसमा सबैभन्दा बढी बागमती प्रदेशको ३६.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत योगदान रहने सर्वेक्षणमा उल्लेख छ।
नेपालको अर्थतन्त्रमा उच्च रहेको उपभोगको हिस्सा चालु वर्षको कुल गार्हस्थ्य उत्पादनमा ९०.३ प्रतिशत रहने तथा कुल उपभोगमा निजी क्षेत्र, सरकारी क्षेत्र र गैरसरकारी क्षेत्रको हिस्सा क्रमशः ९१.२६ प्रतिशत, ६.६२ प्रतिशत र २.१२ प्रतिशत रहने अनुमान सर्वेक्षणमा उल्लेख गरिएको छ।
साथै, सरकारले चालु आर्थिक वर्षमा अमेरिकी डलरमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ तथा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ पुग्ने अनुमान गरेको छ ।
प्रदेशगत रुपमा तुलना गर्दा चालु आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ अमेरिकी डलर र मधेश प्रदेशको सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने अनुमान गरिएको छ भने सार्वजनिक वित्तका अधिकांश परिसूचक मिश्रित अवस्थामा रहेको सर्वेक्षणमा उल्लेख छ।
चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च १०.४ प्रतिशत र सङ्घीय राजस्व ३.२ प्रतिशतले बढेको र यस अवधिमा संघीय सरकारको वित्त सन्तुलन ५८ अर्ब १ करोड र प्राथमिक सन्तुलन ९ अर्ब ३९ करोडले घाटामा रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ।
थप सामाग्री पढ्नुहोस
कोटा, कर र तस्करीबीच थिचिएको नेपालको सुन व्यवसाय
नेपालमा सुन गहना केवल व्यापारको विषय होइन। यो हाम्रो संस्कृति, विवाह, चाडपर्व, बचत...
२७ सार्वजनिक संस्थान नाफामा, १६ अझै नोक्सानीमा
४५ सार्वजनिक संस्थानहरूमध्येमा २७ वटा मात्रै संस्थानहरू नाफामा रहेको आर्थिक सर्वेक्षण २०८२/८३ ले...
असामान्य वर्षाः प्रि–मनसुनका कारण सम्भावित ‘सुपर एल निनो’ र सुक्खा मनसुनको चुनौती
यस वर्ष नेपालको मौसमी अवस्था सामान्यभन्दा निकै फरक देखिएको छ। सामान्यतया मार्चदेखि मेसम्मको...
×