काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड अनुरूप नपाइएको भन्दै विभिन्न खाद्य पदार्थलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ।
विभागले बिहीबार एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले उत्पादन गर्ने ६ ब्याचको ‘ज्याक न्याक क्र्याकर्स’ बिस्कुट, यशोधा फुड्स प्रालिले उत्पादन गर्ने ‘०४ए’ ब्याचको करेन्ट चाउचाउ र फिसटेल डेरीले उत्पादन गरेको नोभा आइक्रिम बजारबाट फिर्ता ल्याउन आदेश दिएको हो ।
विभागका अनुसार ‘ज्याक न्याक क्र्याकर्स’ बिस्कुट र करेन्ट चाउचाउको नमुना परीक्षण गर्दा ‘एक्सट्राक्टेड फ्याट’को एसिड भ्यालु सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नरहेको पाइएको छ। विभागले यी दुवै उत्पादनहरूका खान अयोग्य पाइएका ब्याचहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम बजारबाट तत्काल फिर्ता गर्नका साथै बिक्री वितरण नगर्न पनि आदेश दिएको छ।
त्यस्तै, नोभा आइसक्रिमको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा उक्त आइसक्रिममा ब्याक्टेरिया रहेको पाइएको विभागले जनाएको छ। उक्त ब्याक्टेरिया मानव उपभोगका लागि उपयुक्त नभएको भन्दै विभागले उक्त ब्याचका सबै आइसक्रिम उत्पादनहरू बजारबाट तत्काल फिर्ता गर्न तथा बिक्री वितरण नगर्न पनि आदेश दिएको छ।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×