काठमाडौं । सरकारले ‘भिजिट नेपाल २०८५’ को घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो। सोमबारको संघीय सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
‘भिजिट नेपाल २०८५’ का लागि सरकारले आगामी वर्षलाई पूर्व तयारीका रूपमा काम गर्ने घोषणा नीति तथा कार्यक्रममा गरिएको छ। यसका लागि सरकारले विभिन्न क्षेत्रमा संरचनात्मक सुधार गर्ने घोषणा समेत नीति तथा कार्यक्रममा गरिएको छ।
सरकारले निजी क्षेत्रको सहभागिता र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने तथा नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधारसमेत गरिने घोषणा गरेको छ। यसका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा ई-गेट प्रणाली जडान गर्ने, दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने तथा पर्यटनलाई आधुनिक प्रविधिसँग जोड्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
सरकारले हवाई पूर्वाधार विस्तार गर्ने, प्रतिस्पर्धी हवाई सेवा विस्तार गरिने, पर्यटक भिसालाई पूर्ण रूपमा अनलाइन गर्ने र अध्यागमन विभागबाटै पर्यटकलाई सबै सेवा दिने गरी एकद्वार नीति लागु गर्ने लगायतको घोषणा गरेको छ।
सरकारले ‘भिजिट नेपाल २०८५’ को पूर्व तयारीका रूपमा नै आगामी वर्षहरूमा पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई तीव्र रूपमा अघि बढाउने, पर्यटकको आगमन बढाउने, प्रति पर्यटक खर्च वृद्धि गर्ने तथा बसाइ अवधि लम्ब्याउनेका लागि विभिन्न प्रचार अभियान अघि बढाउने नीति तथा कार्यक्रम उल्लेख गरेको छ।
धार्मिक पर्यटनलाई प्रचार गर्ने लक्ष्यसहित सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने समेत जनाएको छ।
साथै, सरकारले नेपालका ५ हजार होमस्टेहरूलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्ने घोषणा समेत गरेको छ।
थप सामाग्री पढ्नुहोस
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल...
बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह
भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद्...
कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा...
×