तस्बिर: प्रतिनिधि सभा नेपाल
तस्बिर: प्रतिनिधि सभा नेपाल

समाचार

कर संरचनाको पुनरावलोकन गर्ने सरकारको घोषणा, उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको बोझ घटाइने

सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशीलाको रूपमा ग्रहण गर्दै आर्थिक पुनरुत्थानलगायतलाई अभियानका रूपमा अघि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

By अर्थहरु |

काठमाडौं । सरकारले कर संरचनाको पुनरावलोकन गर्ने घोषणा गरेको छ। 

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले कर संरचनाको पुनरावलोकन गर्ने घोषणा गरेको हो। 

सोमबार संघीय सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको बोझ घटाइनेछ’,नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशीलाको रूपमा ग्रहण गर्दै आर्थिक पुनरुत्थानलगायतलाई अभियानका रूपमा अघि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। साथै भन्सार प्रणालीमा न्यून बिजकीकरण प्रथाको अन्त्य गर्ने समेत घोषणा गरिएको छ।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाज

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...

•भूमिराज पिठातोली/रासस

समाचार

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...

•रासस

समाज

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...

•रासस

×

×