तस्बिर: प्रतिनिधि सभा नेपाल
तस्बिर: प्रतिनिधि सभा नेपाल

समाचार

नेपालमा तोकेभन्दा बढीको लगानी गर्दा ‘लगानी भिसा’ पाइने

सरकारले वैदेशिक लगानीलाई आकर्षित गर्नका लागि यस्तो नीति अवलम्बन गरेको हो।

By अर्थहरु |

काठमाडौं । सरकारले तोकेको भन्दा बढीको लगानी गर्ने लगानीकर्तालाई नेपालमा ‘लगानी भिसा’ उपलब्ध गराउने घोषणा गरेको छ।

सोमबार संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा ‘लगानी भिसा’सम्बन्धी व्यवस्था गरिएको हो।

‘विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्गबाट विस्तारित गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ,’सरकारले तोकेभन्दा बढीको लगानी गर्ने लगानीकर्ताहरूलाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ।’

सरकारले वैदेशिक लगानीलाई आकर्षित गर्नका लागि यस्तो नीति अवलम्बन गरेको हो।

साथै, व्यवसाय गर्नका लागि आवश्यक व्यवसाय दर्तादेखि निर्माण अनुमतिजस्ता प्रक्रियागत कामहरूलाई ३० दिनभित्रमा नै सम्पन्न गर्ने गरी ‘लगानी एक्सप्रेस नीति’समेत लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाज

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...

•भूमिराज पिठातोली/रासस

समाचार

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...

•रासस

समाज

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...

•रासस

×

×