पोखरा विमानस्थल निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तेस्रो मुद्दा दायर गरेको छ।
आयोगले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
पोखरा विमानस्थलमा अनियमितता भएको भन्दै आयोगले तत्कालिन अर्थमन्त्री कार्कीसहित तत्कालिन अर्थसचिव शंकर अधिकारी सहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले उनीहरूविरुद्ध तीन अर्ब ६२ करोड पाँच लाख बिगो कायम गरी मुद्दा दायर भएको हो।
मुद्दा दायर भएकाहरूमा तत्कालिन पर्यटनसचिव महेश्वर न्यौपाने, पूर्व सचिव केवल भण्डारी, सुरेश आचार्य, नागरिक उड्डन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम, प्रदीप अधिकारीलगायत छन्।
साथै निर्माण व्यवसायी चाइना सिएएमसि इन्जिनियरिङ कम्पनी लिमिटेड, अध्यक्ष वाङ बो र परियोजना व्यवस्थापक याङ झिजाङविरुद्ध पनि मुद्दा दायर भएको छ।
आयोगको अभियोग पत्रमा उनीहरूले पोखरा विमानस्थलको निर्माणमा चिनियाँ कम्पनीलाई नियमविपरित कर छुट दिने निर्णय गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख गरेको छ।
यससँगै पोखरा विमानस्थलको भ्रष्टाचारको विषयमा ६ जना पूर्वमन्त्रीहरू जोडिएका छन्।
यसअघि अख्तियारले गत चैतमा अर्को मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा तत्कालिन पर्यटन सचिव केदारबहादुर अधिकारी, तत्कालिन नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक सञ्जिव गौतम र राजन पोखरेलसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध अभियोग पत्र दायर गरिएको थियो।
साथै गत वर्ष मंसिरमा पनि अख्तियारले पोखरा विमानस्थलको भ्रष्टाचारको विषयमा तत्कालिन पाँच जना मन्त्रीसहित विरुद्धमा मुद्दा दायर गरेको थियो। त्यत्तिबेला तत्कालिन मन्त्रीहरू रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य र पोष्टबहादुर बोगटी थिए।
थप सामाग्री पढ्नुहोस
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल...
बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह
भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद्...
कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा...
×