जैविक तटबन्ध | बाढी व्यवस्थापन | जनश्रमदान | भूक्षय नियन्त्रण
कञ्चनपुरमा नदी नियन्त्रणका लागि दातृ निकाय र जनश्रमदानमा जैविक तटबन्ध निर्माण गरिएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकास्थित दोदा नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गरिएको पुनर्वास नगरपालिका– ७ का अध्यक्ष मुलचन्द रानाले नदी जानकारी दिनुभयो। हरेक प्रत्येक वर्ष नदीको बाढीबाट प्रभावित हुँदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरिएको उहाँले बताउनुभयो।
“हरेक वर्ष यहाँ करिब तीन सय परिवार बाढीबाट प्रभावित हुँदै आएका छन्। खेतीयोग्य जग्गा कटान हुँदै आएको छ। त्यसलाई रोक्न जैविक तटबन्ध निर्माण गरिएको हो”, वडाध्यक्ष रानाले भन्नुभयो। लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मला रानाले यहाँको पुनर्वास र लालझाडी गाउँपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको बताउनुभयो। उहाँले बाढी प्रभावित वडा नं १ र ४ मा जैविक तटबन्ध निमार्णको काम भइरहेको जानकारी दिनुभयो।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ, स्थानीय पालिका र जनश्रमदानमा नदी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको हो। सङ्घद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान)’ परियोजनाअन्तर्गत कञ्चनपुर र कैलाली जिल्लाका नदी तटीय क्षेत्रमा कटान तथा डुबान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका संयोजक देवराज बडूले जानकारी दिनुभयो।
उहाँका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकामा ७०० मिटर, लालझाडी गाउँपालिकामा ६०० र कैलालीको भजनी नगरपालिकामा ७०० मिटर जैविक तटबन्ध निर्माण गरिएको छे। पुनर्वासमा रु २९ लाख १३ हजार, लालझाडीमा रु ४४ लाख ७९ हजारको लागतमा तटबन्ध निर्माण गरिएको बडूले बताउनुभयो।
उहाँले भन्नुभयो, “परियोजना, पालिका र जनश्रमदानमा तटबन्ध निमार्ण गर्ने थालिएको हो। स्थानीय स्रोतसाधनको प्रयोग र समुदायको सक्रिय श्रमदानका कारण यो तटबन्ध परम्परागत संरचनाभन्दा दिगो र वातावरणमैत्री छ।”
परियोजना संयोजक बडूले जैविक तटबन्धले नदीको बहावलाई प्राकृतिक रूपमा व्यवस्थापन गर्ने भएकाले यसले दीर्घकालीन रूपमा भूक्षय रोक्न र तटीय क्षेत्रको जैविक विविधता संरक्षणमासमेत महत्त्वपूर्ण टेवा पुगाउने विश्वास व्यक्त गर्नुभयो।
थप सामाग्री पढ्नुहोस
महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या
कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र...
कफीको सुगन्धमा बुनिएका युवाका सपना
मलेखु (धादिङ), ४ चैतः चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,...
सिँचाइ अभावले चैते धानखेती घट्दै
दोधारा चाँदनी (कञ्चनपुर), २८ फागुनः कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको सङ्ख्या बर्सेनि...
×