कञ्चनपुर | व्यावसायिक किसान अनुदान | उत्पादन सामग्री | युवा कृषक
शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै गएको छ। तुलसीपुरमा प्रतिदिन एक करोड लिटर खानेपानीको माग छ। तर, अहिले ५४ लाख लिटर मात्रै आपूर्ति हुने गरेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाले बताउनुभयो।
“माग धेरै छ, एक करोड लिटर दैनिक माग हुन्छ”, उहाँले भन्नुभयो, “तर, अहिले पानीका मुहान घट्दै गएका छन्, त्यसले गर्दा पुर्याउनै हम्मे–हम्मे पर्ने गर्छ।” अहिले किसानलाई सिँचाइका लागि पानी दिनुपर्ने, पानीका मुहान घट्दै जाने अवस्था भएपछि यस्तो समस्या हुने गरेको कोषाध्यक्ष थापाको भनाइ छ। उहाँका अनुसार अब पालो–पालो गरेर पानी दिनुपर्ने अवस्था छ। “दुई दिन पानी दिइरहेकालाई एक दिन र एक दिन दिइरहेकालाई केही दिन बिराएर पानी दिनुपर्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो, “पानी नपर्दासम्म यस्तै समस्या रहने अवस्था छ।”
यस्तो अवस्थामा ट्याङ्करबाट भए पनि पानी उपलब्ध गराइने उहाँले बताउनुभयो। तुलसीपुर खानेपानीले वर्षात्को समयमा ८५ लाख लिटरसम्म खानेपानी आपूर्ति गर्दै आएको छ। वर्षातमा पानी प्रयाप्त हुने भए पनि कुनै मुहानको धमिलो पानी हुने भएकाले काट्नुपर्ने अवस्था रहेकाले ८५ लाख लिटर मात्रै आपूर्ति हुने गरेको उहाँको भनाइ छ।
तुलसीपुर खानेपानीले पालिकाको वडा नं ३ देखि १० सम्म र १२ नम्बर वडाका केही भागमा खानेपानी आपूर्ति गर्दै आएको छ। हाल तुलसीपुर खानेपानीको मूलकोट, राम्री, धैरनी, बाख्रे, दगेरा, छरछरे र पहरेमा ग्राभेटि मुहान छन्। कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, गोलौरा, तुलसीपुरको रेडक्रस, राइखलिया, मोतिपुर, इन्द्र नगर, उत्तरकपडादेवी, दक्षिण कपडादेवी परिसरलगगायत गरी १७ वटा भूमिगत मुहानका स्रोत छन्।
रानीजरुवा र पातुखोलामा सम्वेल छन्। हाल खानेपानीले १२ हजारभन्दा बढी धारा वितरण गर्दै आएको छ। तुलसीपुर खानेपानीले खर्चवा, रक्षाचौर र कार्यालय परिसरमा प्रशोधन मेसिन राखेको छ। रक्षाचौरमा बालुवा र गिट्टीको सहायताले पानी प्रशोधन गर्दै आएको छ। खर्चवा र कार्यालय परिसरमा प्रेसर फिल्टरबाट प्रशोधन गर्दै आएको छ। अहिले तुलसीपुरमा खानेपानीको सहज आपूर्तिका लागि बबई लिफ्टिङको काम अघि बढिरहेको छ। त्यो काम पूरा भएमा भने खानेपानी आपूर्तिमा सहज हुने कोषाध्यक्ष थापाले बताउनुभयो।
थप सामाग्री पढ्नुहोस
पोषण सहयताका लागि ३ अर्ब विनियोजन
सरकारले दलित समुदायको परम्परागत सीप संरक्षण, आयआर्जन र प्रविधि स्तरोन्नतिका कार्यक्रमलाई उकीकृत रुपमा...
बालेन सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड...
सरकारले विद्युतीय सवारी साधनमा पिक पावर क्षमताका आधारमा लाग्ने आएको भन्सार महसुललाई मूल्यगत...
×