भारी हिमपात | कागबेनी–कोरला सडक | गहुँ बाली | बाजुरा लेक क्षेत्र

तस्बिर: रासस
तस्बिर: रासस

समाचार

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

सशस्त्र प्रहरी कार्यालयका अनुसार  भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको  छ।

By रासस |

मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी  हिमपात भएको छ। यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन्। अधिकांश स्थानमा वर्षा पनि भएको छ। 

सशस्त्र प्रहरी कार्यालयका अनुसार  भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको  छ। केही स्थानमा  दुई फिटभन्दा बढी हिउँ  जमेको छ। हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताउनुभयो। 

त्यसैगरी, सिमकोटस्थित रासस समाचारदाताका अनुसार  हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो  हिमपात भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ। हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्। 

यसैबीच, बाजुरस्थित राससकर्मीका अनुसार जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ। 

हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ। वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले राससलाई बताउनुभयो।

थप सामाग्री पढ्नुहोस

समाचार

नेपालमा बाढीले मृत्यु हुनेको सङ्ख्या ७३४ पुग्यो, चीनमा १०४ नेपाली बेपत्ता

प्राधिकरणले आज बिहान ९ बजे सम्मको विवरण सार्वजनिक गर्दै हालसम्म रसुवा बाढीमा परी...

प्रेम कुमार साह

समाचार

भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल...

रासस

समाचार

बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह

भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद्...

रासस

×

×