समाचार

पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट

अर्थमन्त्रालयका सहसचिव महेश आचार्यले अर्थमन्त्रालयले पुँजीबजारलाई व्यवस्थित गराउनको लागि २१ बुँदे कार्ययोजनाले व्यवस्थित गर्ने बताउनुभयो।

By रासस |

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र पारदर्शी बनाउने काम भइरहेको बताउनुभएको छ। प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उहाँले उक्त धारणा राख्नुभएको हो। 

“भट्टले नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन बोर्ड कटिबद्ध भई निरन्तर लागिपरेको छ”, भन्नुभयो।

धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र सङ्घसंस्थासँग निरन्तर छलफल भइरहेको उहाँले बैठकमा जानकारी दिनुभयो। 

उहाँले आज सरोकारवाला तथा सांसदले उठाउनुभएका जिज्ञासको उत्तर दिँदै पुँजीबजारलाई नीतिगत तथा कानुनी सुधार गरेर व्यवस्थित गर्ने प्रयास गरिरहेको छ भन्नुभयो। भट्टले नयाँ कम्पनीको प्राथामिक सेयर जारी गर्दा अपनाउनुपर्ने विभिन्न चेकलिष्टलगायत धेरै विषय समावेश गरेर नीतिगत सुधार गर्न लागेका बैठमा जानकारी गराउनुभयो।

अर्थमन्त्रालयका सहसचिव महेश आचार्यले अर्थमन्त्रालयले पुँजीबजारलाई व्यवस्थित गराउनको लागि २१ बुँदे कार्ययोजनाले व्यवस्थित गर्ने बताउनुभयो।

सांसद पर्शुराम तामाङले सरकारले अर्थतन्त्रसँगसँगै पुँजीबजारलाई पनि चलायमान गराउनुपर्ने बताउनुभयो।

सांसद सुशील खड्काले पुँजीबजार लगानीकर्ता सङ्घसंस्थाको सङ्ख्या मात्रै धेरै भएकाले पुँजीबजारको वास्तविक समस्या उजागर हुन नसकेको बताउनुभयो। नेपाल सेयर बजार लगानीकर्ता सङ्घका अध्यक्ष हरिबहादुर केसीले धितोपत्र बोर्डसँगसम्बन्धी ऐन र नियमावली समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो। 

सेयरलगानीकर्ता अजयकुमार श्रेष्ठले सेयरबजारमा आफैँ स्टक ब्रोकर र आफैँ लगानीकर्ता हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो। 

नेपाल सेयर बजार लगानी सङ्घका महासचिव खगेन्द्रराज कँडेलले विश्वपुँजी बजारले अपनाएका रणनीति योजनामुताविक नेपाली सेयर बजारलाई समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो। 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले सूचना प्रविधिको प्रयोग गरेर व्यवस्थित गर्न खोजेको बताउनुभयो। 

नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले पछिल्ला समय नेप्सेका  देखिएका प्राविधिक समस्या सल्टाउने प्रयास भएको बताउनुभयो। 

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका नितेशकुमार अग्रवालले प्रथामिक सेयरमा १० कित्ताको प्रावधानलाई पनि समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो।

रासस (राष्ट्रिय समाचार समिति)

थप सामाग्री पढ्नुहोस

समाचार

भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

भोटेकोशी र त्रिशूली बाढीबाट क्षतिभएका जलविद्युत् आयोजना पुनःनिर्माणमा करिब रु तनि खर्ब ९०...

•प्रगति ढकाल/रासस

समाचार

गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी

प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ। बर्दिवास३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा...

•रासस

समाचार

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि जिल्लाका विभिन्न स्थानमा १३...

•रासस

×

×