जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि आज टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्युु भएको छ।
प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो।
टिपरको ठक्ककरबाट गम्भीर घाइते भएकी नैनसीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो।
थप सामाग्री पढ्नुहोस
भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान
भोटेकोशी र त्रिशूली बाढीबाट क्षतिभएका जलविद्युत् आयोजना पुनःनिर्माणमा करिब रु तनि खर्ब ९०...
पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र पारदर्शी बनाउने काम...
गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी
प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ। बर्दिवास३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा...
×