जङ्गली हात्ती ‘रोनाल्डो’ मृत भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको बरन्डाभारमा विद्युतीय तार रहेका अवस्थामा हात्ती आज मृत भेटिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार टिकौली गेटबाट बरन्डाभार पोष्टमा लगिएको विद्युतीय तारमा परेर हात्ती मरेको अवस्थामा फेला परेको हो। उहाँका अनुसार १६ फिट माथिबाट तानिएको प्लास्टिकले बेरिएको (कोटेट) हात्तीको मुखमा देखिएको छ। गएराति कुनैबेला हात्तीले हिँड्ने क्रममा सूँडले तारमा लागेर करेन्ट लागेको प्रारम्भक अनुमान छ।
अन्दाजी ४५ वर्षीय जङ्गली हात्ती केही वर्षअघिसम्म रिसाहा भए पनि पछिल्ला वर्षमा शान्त थियो। थापामगरका अनुसार एकीन तथ्याङ्क नभए पनि पाँच/छ जनालाई यसले रिसाउँदा आक्रमण गरेर मारेको अनुमान छ।
विसं २०६५/६६ देखि हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा आउनेजाने गरेको यो हात्तीबाट ३३ वटा बच्चा जन्मिएको केन्द्रका मणिपुरण चौधरी बताउनुहुन्छ। पछिल्ला वर्षमा निकै शान्त यस हात्तीले अधिकांश केन्द्रका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको थियो।
चौधरीले भन्नुभयो, “विसं २०५० यता हालसम्म केन्द्रमा ७१ वटा छावा जन्मिएकामा ३३ वटाको बाउ रोनाल्डो हो।” केन्द्र विसं २०४४ मा स्थापना भएको हो। विसं २०५० बाट त्यहाँ बच्चा जन्मिन सुरु गरेका हुन्।
चौधरीका अनुसार यस वर्ष बच्चा जन्माउन लागेका ऐश्र्यमाला र कर्णालीकलीलाई रोनाल्डोले नै प्रजनन गराएको हो। त्यस्तै, गर्भवती भएका तमोर, तीर्थमान, हिमाली र चितवनकलीलाई पनि रोनाल्डोले नै प्रजनन गराएको चौधरीले बताउनुभयो। खोरसोरमा रहेका सात वटा छावामध्ये छ वटा रोनाल्डो को हुन् भने एउटा ध्रुवेको हो। खोरसोरमा नौ वटा माउ छन्। तीमध्ये माउसमेत अधिकांश रोनाल्डोको बच्चा भएको उहाँ बताउनुहुन्छ।
विगत दुई महिनायतादेखि खोरसोर क्षेत्रमा रोनाल्डो आएको थिएन। चौधरीले भन्नुभयो, “त्यतिको शान्त जङ्गली हात्ती अरु हुँदैनन। यो मर्दै गर्दा खोरसोरको नाकै गयो।” रोनाल्डो आउन छाडेपछि हिजोआज गोविन्दे हात्ती प्रजनन केन्द्रमा आउने जाने गरेको छ। यो निकै रिसाहा रहेको उहाँ बताउनुहुन्छ।
थप सामाग्री पढ्नुहोस
दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
धुलिखेल नगरपालिका४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई...
दुई सदनको भूमिका खुम्च्याउने नियममाथि सर्वोच्च अदालतको रोक
नेपाल संवैधानिक सर्वौच्चता मान्ने देश हो। नेपालको संविधान संशोधन गर्ने अधिकार संसद्लाई छ,...
पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच
दुईदशकअघिसम्म लाखेजात्रा भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे। लाखेनाचको छुट्टै रौनक हुन्थ्यो। दुई/चार दिन...
×