समाचार

‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी

शितोष्ण बागवानी विकास केन्द्रका प्रमुख प्रकाश पन्थले केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी आवश्यक रहेको भन्दै मन्त्री गीता चौधरीको ध्यानाकर्षण गराउनुभएको थियो।

By रासस |

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘टिस्यु कल्चर बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी थप गर्न पहल गरिने बताउनुभएको छ।

घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ को उद्घाटन कार्यक्रममा सहभागी हुन मुस्ताङ आइपुग्नुभएका मन्त्री चौधरीले आज घरपझोङ गाउँपालिका–२ मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रको अवलोकनका क्रममा यस्तो बताउनुभएको हो।

केन्द्रका प्रमुख प्रकाश पन्थले केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी आवश्यक रहेको भन्दै मन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभएको थियो। उहाँले केन्द्रका गतिविधि, कार्यक्रम, समस्या तथा चुनौतीबारे पनि जानकारी गराउनुभयो।

जवाफमा मन्त्री चौधरीले फलफूलबाट उत्पादित मदिराको अन्तःशुल्कसम्बन्धी बेरुजु समस्या समाधान गर्न ‘बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी थप गर्न पहल गरिने बताउनुभयो। उहाँले सानो बजेटबाट स्याटेलाइट फार्म स्थापना गर्दा समय लाग्ने भएकाले त्यसलाई परियोजनाका रूपमा अघि बढाउन आवश्यक छलफल गरिने आश्वासन दिनुभयो।

केन्द्रका प्रमुख पन्थका अनुसार स्थापना भएको करिब ५० वर्षपछि पहिलोपटक मन्त्रिस्तरीय भ्रमण भएको हो। मन्त्री चौधरीले केन्द्रमा उत्पादित स्याउलगायत शितोष्ण फलफूल, तरकारी तथा कृषि प्रशोधनजन्य उत्पादनका प्रदर्शनी कक्षको अवलोकन गर्नुभएको थियो।

विसं २०२३ मा स्थापना भएको शितोष्ण बागवानी विकास केन्द्रले मुस्ताङका किसानलाई फलफूल तथा तरकारीखेती र प्रविधि प्रसारसम्बन्धी ज्ञान तथा सीप हस्तान्तरण गर्दै आएको छ। केन्द्रका चारवटा ब्लकमा करिब ९०० रोपनी क्षेत्रफलमा फलफूल, तरकारी तथा अन्य कृषि बालीको उत्पादन, अनुसन्धान, अन्वेषण र क्षमता विकासका काम हुँदै आएका छन्।

रासस (राष्ट्रिय समाचार समिति)

थप सामाग्री पढ्नुहोस

समाज

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

दुईदशकअघिसम्म लाखेजात्रा भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे। लाखेनाचको छुट्टै रौनक हुन्थ्यो। दुई/चार दिन...

रामचन्द्र रायमाझी / रासस

समाचार

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक स्तरोन्नतिको काम पूरा भएको छ।...

रासस

प्रविधि

मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल...

रासस

×

×