समाचार

वीरगन्जको संवेदनशील क्षेत्रमा पाँच दिनका लागि निषेधाज्ञा जारी

पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य सामूहिक गतिविधि गर्न रोक लगाइएको छ।

By अर्थहरु |

सम्भावित तनाव र शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको मुख्य तथा संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार आदेश जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) अनुसार निषेधाज्ञा लागू गरेका हुन्। जिल्ला सुरक्षा समितिको निर्णयपछि जारी गरिएको आदेश बिहीबार साँझ ५ बजेदेखि लागू भएको छ र पाँच दिनसम्म कायम रहने प्रशासनले जनाएको छ।

निषेधाज्ञा लागू भएको क्षेत्रको सीमा पूर्वमा प्रतिमा चोकदेखि बसपार्क बाइपास रोडसम्म, पश्चिममा तिलावे पुलसम्म, उत्तरमा गण्डक चोकसम्म र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।

आदेशअनुसार उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य सामूहिक गतिविधि गर्न रोक लगाइएको छ। निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

प्रशासनले सर्वसाधारणलाई संयमता अपनाउन, कुनै पनि किसिमका अफवाहमा विश्वास नगर्न र शान्ति–सुरक्षा कायम राख्न सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाचार

सरकार र सत्तारुढ दलको समानान्तर निजी सञ्चार माध्यम, सरकारी ओझेलमा

देशमा पछिल्लो समय सरकारका महत्वपूर्ण सूचना सार्वजनिक गर्ने शैलीमा परिवर्तन देखिन थालेको छ।...

प्रेम कुमार साह

समाचार

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट...

रासस

समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ब्रेक...

रासस

×

×