समाचार

रहेनन् विवेक मण्डल, मृत्यु हुनेको संख्या तीन, रौतहटमा अर्को आत्मदाहको प्रयास

यी घटनामा संलग्नमध्ये अधिकांश २५–३५ वर्ष उमेर समूहका युवा रहेकाले, आत्मदाहका प्रयासहरू युवापुस्तामाझ बढ्दो मानसिक, सामाजिक र आर्थिक दबाबसँग जोडिएको संकेत देखिन्छ। पछिल्ला घटनाले युवामाझ बढ्दो निराशा र मानसिक तनावप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।

By अर्थहरु |

शुक्रबार दिउँसोको समयमा सर्लाही गोडैता १० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ। उपचारकै क्रममा कीर्तिपुर बर्न अस्पतालमा मंगलबार बिहान २ बजे निधन भएको थियो। मण्डलको मृत्यु भए सँगै असारमा मात्र आत्मदाहले मृत्यु हुने संख्या ३ पुगेको छ। 

मण्डलको भने एक वर्ष अघि शिक्षकको जागिर छुटेको हुनाले विवेक बेरोजगारीको कारणले आर्थिक अभाव र मानसिक समस्यासँग जुधिरहेको थियो। 

पारिवारिक विवादमा घरबाट २ सय मिटर टाढा सडकमा गएर आफ्‌नै शरीरमा पेट्रोल खन्याई विवेकले आत्मदाहको प्रयास गरेको थियो। घटनालगत्तै उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा पुर्‍याएर प्राथमिक उपचार गरिएको थियो। शरीरको ८५ प्रतिशत भाग जलेका कारण सर्लाहीमा उपचार सम्भव नभएपछि सोहि दिन सांसद अमरेश सिंहको पहलमा बेलुका सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो।  

विज्ञान विषयमा स्नातकोत्तर गरेका उनी महोत्तरीको गौशालास्थित एक विद्यालयमा पढाउने काम गर्दथे। त्यहाँ करिब तीन वर्ष शिक्षकका रुपमा काम गरेका विवेक विद्यालयभित्रको राजनीतिक चलखेलका कारण जागिर छोड्न बाध्य भएको परिवारको दाबी छ।
 
जागिर गुमाएपछि विवेक घरमै बस्दै आएका थिए। त्यसयता उनले विभिन्न शैक्षिक संस्थामा रोजगारीका लागि पहल गर्नुका साथै लोक सेवा आयोगका परीक्षमा समेत सहभागिता जनाएका थिए। तर, कुनै पनि प्रयास सफल नभए पछि मानसिक तनावको करणले आत्मदाहको बाटो रोज्न बाध्य भए मण्डल।

विवेकको श्रीमति, एक छोरा र एक छोरी छन्। छोरा हाल महोत्तरीस्थित मामाघरमा बसेर अध्ययन गरिहेका छन् भने छोरी परिवारसँगै घरमा छिन्।

आत्मदाह प्रयास गरेका मण्डलको उद्धार र उपचारका लागि सहजीकरण गरेका सर्लाहीका क्षेत्र नम्बर ४ का सांसद डा. अमरेश कुमार सिंहले संसदमा सरकार, चिकित्सक र  आफूले मण्डलाई बचाउन कुनै कसर बाँकी नराखेको तर पनि निधन भएकोमा दुःख व्यक्त गरे। सिंहले प्रधानमन्त्री, पार्टी सभापति, सभामुख र स्वास्थ्य मन्त्रीलाई आवश्यक सहयोग र सहजीकरणको लागि धन्यवाद समेत भने।  

त्यस्तै गए राति रौतहटमा पेट्रोल छर्केर २८ वर्षीय गौतमकुमार सहनीले आत्मदाहको प्रयास गरेका छन्।

गरूडा नगरपालिका ९ गमरिया टोलका सहनीलेलाई उपचारका लागि अस्पतालमा लगिएको र हाल उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा ल्याइएको छ।

अनलाइन खबरको रिपोर्ट अनुसार परिवारले प्रहरीलाई जानकारी दिए अनुसार उनी डिप्रेशनमा रहेको र मापसे सेवन अत्यधिक गर्ने गरेका छन्।

पछिल्ला केही दिनयता आत्मदाहका घटनाहरु बढ्दै गएका छन्। बिहीबार मात्रै त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। त्यसैगरी, शनिबार काठमाडौंको बुद्धनगरमा पनि आश्विन राउतले आत्मदाह गरेका थिए। राउतको पनि उपचार कै क्रममा मृत्यु भएको थियो।

यी घटनामा संलग्नमध्ये अधिकांश २५–३५ वर्ष उमेर समूहका युवा रहेकाले, आत्मदाहका प्रयासहरू युवापुस्तामाझ बढ्दो मानसिक, सामाजिक र आर्थिक दबाबसँग जोडिएको संकेत देखिन्छ। पछिल्ला घटनाले युवामाझ बढ्दो निराशा र मानसिक तनावप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाचार

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

'कालो सुनका रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको...

रासस

समाचार

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दीको मालिका गाउँपालिका७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि असार दोस्रो सातामै रोपाइँ...

रासस

समाचार

बालेनले उद्घोष गरेकै तिरहुतिया गाछीबाट न्यायका लागि काठमाडौंसम्मको यात्रा, फेरि आन्दोलनमा मिटरब्याज पीडित

करिब ६ महिनाअघि जनकपुरको तिरहुतिया गाछीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फाल्गुन २१ को...

युवराज भट्टराई

×

×