प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन्।
बैठकको सुरूमै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए।
सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका सन्दर्भमा जवाफ दिनुपर्ने माग गरिन्। अर्यालले संसद्मा जवाफमा क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिका सम्बन्धमा पनि असन्तुष्टि व्यक्त गरेकी थिइन्।
त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को गत जेठ १७ गते सीमाका सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे।
सँगै, उनले एसइईका विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गर्ने, टेम्पो भीरबाट खसाल्ने र प्रहरीले व्यक्तिको घरमा ढुङ्गा हानेर क्षति पुर्याउनेलगायतका काम गलत भएको भनी टिप्पणी गरे।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमिमा प्रवेश गरेको विषयमा सरकारको जवाफ माग गरे। उनले इलामको प्रसिद्ध चिया उद्योग बन्द हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
नेपाली कांग्रेसका सांसद रेनुका काउँचाले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गरिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसबीको हस्तक्षेपप्रति विनावर्दीका सिपाही बनेर नेपाली नागरिकले देखाएको अदम्य साहसप्रति सम्मान गरे। उनले सीमा क्षेत्रमा रहेका नेपालीहरूप्रति सरकार संवेदनशील हुनुपर्ने माग गरिन्।
विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरू
काठमाडौं। प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ माथिको छलफल सुरू भएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विभिन्न नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृतरुपमा छलफल सुरु भएको हो।
बैठकमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ।
सभामुख डोलप्रसाद अर्यालले आजका लागि शून्य र विशेष समय नराखिएको जानकारी गराउँदै खर्च कटौतीको प्रस्ताव राख्ने सांसदहरुलाई आफ्नो प्रस्तावसहित उल्लिखित विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिन समय दिएका छन्।
सभामा सांसद कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल र एशुदाकुमारी बरालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए।सभामा यसअघि बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाफ दिने कार्यक्रम सम्पन्न भइसकेको छ।
त्यसअघि बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा सदस्यको नाम हेरफेरको प्रस्ताव गर्नुभयो। उक्त प्रस्तावलाई सभाले सहमति जनाएको थियो।
थप सामाग्री पढ्नुहोस
मन्त्री लम्सालको निर्देशन: “ठेकेदारलाई खोजेर ल्याउनू, काम गरेन भने खुट्टा भाँचिदिनू”
धादिङमा सडक विस्तार आयोजनाको निरीक्षणका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलासुस्ती...
परराष्ट्रमन्त्री खनाल चीनको औपचारिक भ्रमणमा
परराष्ट्रमन्त्री शिशिर खनाल जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा गएका छन्। चीनको कम्युनिष्ट पार्टीको...
के हो वन कर्मचारीले भिरबाट टेम्पो खसालिएको घटना?
अहिले सामाजिक सञ्जालमा एउटा भिडियो निक्कै चर्चामा छ। उक्त भिडियोमा एक टेम्पोलाई केही...
×