परराष्ट्रमन्त्री शिशिर खनाल जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा गएका छन्। चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यीको अैपचारिक निमन्त्रणामा मन्त्री खनाल गएराति चीनको चार दिने भ्रमणमा निस्केका हुन्। बेइजिङ विमानस्थलमा पुग्दा नेपालका कार्यवाहक राजदूत रोशन खनालसहित चीनको विदेश मन्त्रालयका उच्च अधिकारीहरूले उनको स्वागत गरेका थिए।
मन्त्री खनाल हालै तीन दिने भारत भ्रमण सम्पन्न गरेर फर्केका थिए।
चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले बेइजिङमा असार २ गते आफ्ना चिनियाँ समकक्षी वाङ यी सँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। सो वार्तामा नेपाल र चीनबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन र सहयोगलाई अगाडि बढाउन पारस्परिक हितका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। बेइजिङमा रहँदा उनले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरुसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमणकै क्रममा खनालले नेपालमा चिनियाँ लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि भाग लिने छ। सो सम्मेलनमा उनले चिनियाँ व्यापारिक समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे छलफल गर्ने कार्यक्रम छ।
परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उनी सहभागी हुनेछन्। कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।
मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनलगायत विभिन्न कार्यक्रममा मन्त्री खनाल सहभागी हुनेछन्। भ्रमणका क्रममा उनले चिनियाँ उद्यमी तथा व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।
खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगाना, बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल र परराष्ट्रमन्त्रालयका अन्य अधिकारीहरुको रहेको छन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार (जेठ २९ गते) विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक जानकारी गराएको थियो। मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ।
थप सामाग्री पढ्नुहोस
के हो वन कर्मचारीले भिरबाट टेम्पो खसालिएको घटना?
अहिले सामाजिक सञ्जालमा एउटा भिडियो निक्कै चर्चामा छ। उक्त भिडियोमा एक टेम्पोलाई केही...
शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात...
पूर्वअर्थमन्त्री पुनले लगाए अर्थमन्त्री वाग्लेलाई ‘आर्थिक अपराध’को आरोप, छानबिन समितिको माग
प्रतिनिधिसभा सांसद् तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेटमा करको दर हेरफेरका विषयमा अर्थमन्त्री...
×