टेम्पोलाई धकेलेर भिरबाट खसाल्दै धनगढीका कर्मचारीहरु र केही मानिसहरू।
टेम्पोलाई धकेलेर भिरबाट खसाल्दै धनगढीका कर्मचारीहरु र केही मानिसहरू।

समाचार

के हो वन कर्मचारीले भिरबाट टेम्पो खसालिएको घटना?

वन कार्यालय धनगढीकाअनुसार भिरबाट खसालिएको टेम्पो चल्ने अवस्थामा नरहेको, चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको र वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरोका रूपमा प्रयोग हुँदै आएको थियो।

By अर्थहरु |

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो निक्कै चर्चामा छ। 

उक्त भिडियोमा एक टेम्पोलाई केही मानिसहरूले धकेलेर भिरबाट खसालिदिएको देखिन्छ, जसमा डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरुले टेम्पो धकेलेर खसालिदिएका छन्।

यो भिडियो कैलालीको भिमदत्त राजमार्गअन्तर्गत पर्ने गोदावरी नगरपालिका-४ हो। उक्त नगरपालिकाको वासपानी भन्ने ठाउँमा सडक छेउमा राखि खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पोलाई वन अतिक्रमण हटाउने भन्दै भिरबाट खसालिदिएका हुन्।

उक्त टेम्पो सोही नगरपालिकाकी धनादेवी धामीले प्रयोग गर्दै आएकी थिइन्। खुद्रा सामान बेचेर जीविकोपार्जन गर्दै आएकी उनले वन अतिक्रमण गरेको भन्दै डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले टेम्पोलाई भिरबाट खसालिदिएको बताइएको छ।

धामीले सडक छेउमा रोकेर सामान बेच्ने गरेको टेम्पो घर लैजान खोज्दा खोज्दै पनि नदिई त्यसलाई भीरबाट खसालिदिएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनले भनेकी छिन्, ‘मैले सामान राखिदेउ, गाडी दिनु भनेको थिएँ। मैले कति मिहेनत गरेको थिएँ। कर तिरेको छु। नफ्याकिदेउ भनेको थिएँ।’

उनले उक्त गाडी सामान ओसारप्रसार गर्न घरबाटै लैजाने गरिएको बताएकी छिन्। उनले भनिन्, ‘मैले घर लैजाने भनें, कति ढोगें मैले।’

अहिले उक्त घट्नालाई लिएर सबैतिर आलोचना पनि भइरहेको छ। कर्मचारीहरूले ‘अमानविय’ काम गरेको भन्दै उनीहरूको आलोचना भएको थियो।

यद्यपी वन डिभिजन कार्यालयले भने चौतर्फी विरोधका बीच आफूहरूमाथि गरिएको आलोचनाको खण्डन गरेको छ। आइतबार कार्यालयले पत्रकार सम्मेलन आयोजना गर्दै वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दाबी गरेको छ।

कार्यालयकाअनुसार भिरबाट खसालिएको टेम्पो चल्ने अवस्थामा नरहेको, चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको र वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरोका रूपमा प्रयोग हुँदै आएको थियो। यसअघि पनि उक्त टेम्पोलाई धकेलेर घरसम्म पुर्याएतापनि फेरि त्यहाँ ल्याएर पसल सञ्चालन गरेको दाबी गर्दै कार्यालयले भिरालो भू-बनावट र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई दुर्घटनावश भीरबाट खसेको जनाएको छ।

वन अधिकृत डा. रामविचारी ठाकुरले बताएअनुसार उक्त क्षेत्रमा चुरे संरक्षणका लागि नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको छ।

यद्यपी सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा भने चार जना व्यक्तिहरूले टेम्पोलाई धकेलेर भिरबाट खसालेको स्पष्टसँग देखिएको छ। साथै उक्त टेम्पो ‘सामान्य अवस्था’मा रहेको पनि भिडियोमा देख्न सकिन्छ।

उक्त विषयका बारेमा छानबिन गरि सत्य के हो पत्ता लगाउने सुदुरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठले बताए। यसका लागि वन निर्देशनालयलाई पत्राचार पनि गरिएको छ। वन डिभिजन कार्यालय प्रदेशको वन मन्त्रालयअन्तर्गतको वन निर्देशनालय मातहतमा सञ्चालन हुने निकाय हो।

‘त्यो विषयमा अहिले धेरै केही पनि नबोलौं,’ उनले भने, ‘हामीले वन निर्देशनालयलाई पत्राचार गरेर के हो सत्यतथ्य थाहा पाउन र त्यसअनुसार छानबिन गर्न भनेका छौं। अब उहाँहरूले प्रतिवेदन बुझाएपछि नै के हो भन्न सकिन्छ।’

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाचार

भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल...

रासस

समाचार

बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह

भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद्...

रासस

समाचार

भोजपुरमा कोदोखेती घट्दै

कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा...

रासस

×

×