समाचार

रास्वपा सांसद डा. अमरेशकुमार सिंहले भने: ‘बेलुनजस्तो बजेट ल्याइयो’

“यहाँ डरको माहोल छ। डरले शासन चल्ला, तर डरले विकास हुँदैन्।”

By अर्थहरु |

बिहीबारको प्रतिनिधिसभाको बैठकबाट आगामी वर्षको बजेटमाथि छलफल सुरू भएको छ। 

यसअघि प्रतिनिधिसभाको बैठकमा गत जेठ १७ मा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल भारत सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिका कारण प्रतिपक्षले संसद अवरुद्ध गरिरहेका थिए। बुधबार सर्वदलिय बैठकपश्चात प्रतिनिधिसभाको बैठकलाई सञ्चालन गर्ने निर्णय भएको थियो। 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल सुरू भएसँगै रास्वपाका सांसदले नै अर्थमन्त्रीको आलोचना गरेका छन्। रास्वपाकै सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्रीमाथि कटाक्ष गर्दै ‘कार्यान्वयन नहुने खालको बजेट ल्याएको’ बताए। उनले बजेटले गरिब जनतालाई नछोएको आरोप लगाएका छन्। 

‘यसमा केही राम्रा पक्षहरू पनि छन्: व्यक्तिगत आयकरको सीमा बढेको छ, नयाँ स्टार्टअपको कुरा गरिएको छ र आईटी क्षेत्र समेटिएको छ,’ उनले भने, ‘तर, यो बजेटबाट नेपालको कति प्रतिशत जनशक्ति खुसी भयो? बैंकर खुसी भए भनिन्छ, तर बैंकमा त्यत्रो निक्षेप किन जम्मा भइरहेको छ? किनकि कसैले ॠण लिने अवस्था छैन र आजको दिनमा यहाँ व्यापार गर्ने वातावरण नै छैन। यहाँ डरको माहोल छ। डरले शासन चल्ला, तर डरले विकास हुँदैन्।’

उनले शिक्षा र स्वास्थ्यमा कर लगाउनु संविधानको विपरित रहेको बताउँदै संविधानमा शिक्षा मौलिक अधिकार भएकाले त्यसमा कर लगाउन नपाइने बताए। सार्वजनिक विद्यालयलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनलेभने, ‘हाम्रा मित्र अर्थमन्त्रीको बूढानीलकण्ठ स्कुल पढेको ठुलो नेटवर्क छ। [बूढानीलकण्ठ जस्तै] मैले १०० वटा त खोजेको होइन, कम्तीमा सातवटै प्रदेशमा सातवटा स्कुल बन्नेछन् भन्ने आशा लिएको थिएँ। जसले गर्दा उहाँहरू जस्तै नेतृत्वमा आउने आगामी पुस्ताका विद्यार्थी पैदा हुन सकून्। तर, त्यो मैले बजेटमा कतै पनि भेटिनँ। मेरो पीडा त्यो छ।’

साथै उनले पुँजीगत खर्च २०% मात्रै भएकाले विकास खर्च नभएमा देशलाई भगवानले मात्रै बचाउन सक्ने बताए। उनले पुँजिगत खर्च नभएमा रोजगारी सिर्जना नहुने बताए। 

‘दक्षिण एसियामा यस्तो कुनै देशै छैन, जहाँ जीडीपीको ३२ देखि ३३%को बजेट बनाइन्छ,’ उनले भने, ‘यो आफैँमा एउटा ठूलो फुकिएको बेलुन हो। फुकिएको बेलुन लामो समयसम्म टिक्दैन। यो बजेट कार्यान्वयन हुन्छ भन्ने मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झन्डै ७ खर्ब रुपैयाँ त बजेट घाटा (डेफिसिट) नै हो।’

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाचार

सत्तापक्षलाई ‘मुर्दाशान्ती’ राखेको कांग्रेसको आरोप, सभामुखको भूमिका माथि प्रश्न

बुधबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले सत्तापक्षले संसदमा प्रश्न गर्नुपर्ने विषयमा पनि मुर्दाशान्ती कायम...

अर्थहरु

समाचार

बुधबार फुक्यो संसद्को गतिरोधः श्रम संस्कृति पार्टीको विरोध भने कायमै

प्रतिनिधिसभाको बैठकमा केही दिनयता विपक्षी दलहरूले गर्दै आएको विरोधको अन्त्यसँगै बुधबार संसदको बैठक...

अर्थहरु

समाचार

करका दरमा हेरफेर र विवाइडी प्रकरणबारे अर्थमन्त्रीको प्रष्टिकरणः पेज लेआउट मिलाउँदा १६ पृष्ठ घट्यो, चुहावट सत्यता होइन

आर्थिक विधेयकमा प्रकाशित भइसकेका करको दर हेरफेर र कोरोला भन्सार नाका हुँदै विबाइडीका...

अर्थहरु

×

×