सोमबार बसेको प्रतिनिधिसभाको बैठक प्रतिपक्ष दलको विरोधका कारण स्थगित भएको छ।
बैठक सुरूभएसँगै सभामुख डीपी अर्यालले बैठकको कार्यसूची पेस गर्ने क्रममा विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए।
उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले गत साता प्रतिनिधिसभामा प्रश्नोत्तरका क्रममा नेपाल र भारत सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध जनाएका थिए। प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेनले ‘नेपालले भारतको भूमि मिचेको’ अभिव्यक्ति दिएसँगै लगातार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले विरोध जनाइरहेका छन्।
सोमबारको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे आपत्ति जनाएर बैठकमा विरोध गरेसँगै सभामुखले बैठक स्थगित गरेका छन्।
प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले ‘प्रमाण पेस गर्नुपर्ने’ वा ‘संसदमै आएर माफी माग्नुपर्ने’ अभिव्यक्ति दिइरहेका छन्।
यसका बाबजुद सभामुख अर्यालले भने प्रतिनिधिसभाको बैठक अगाडि बढाउन खोजिरहेका छन्। यद्यपि निरन्तरको विरोधका कारण प्रतिनिधिसभा सांसद निरन्तर स्थगित हुने क्रम सिर्जना भएको छ।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×