काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।
तीन दिने भारत भ्रमणमा रहेका लामिछानेसँगको भेटवार्ताबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्।
उनले नेपालसँग साझा समृद्धि र उज्जल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन्। उनले भनेका छन्, ‘छिमेकी पहिलो नीति अन्तर्गत नेपाल हाम्रो प्राथमिक साझेदार राष्ट्र हो। दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं।’
सोमबार भारत भ्रमणमा गएका लामिछानेले यसअघि भारतीय सरकारका शीर्ष नेताका साथै त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का प्रमुख नेताहरूसँग भेटवार्ता गरेका छन्।
यसअघि उनले भारतीय विदेश मन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका छन्।
भारत भ्रमणमा लामिछानेसँगै उनकी पत्नि निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र स्वकिय सचिव प्रदीप आचार्य रहेका छन्।
लामिछाने भाजपाको निम्तोमा पाँच दिनका लागि भारत भ्रमणमा गएका हुन्।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×