काठमाडौं। स्थल मार्ग हुँदै सीमा नाकाबाट ल्याउन पाइने सामग्रीको सीमा बढेको छ।
सरकारले स्थल सीमा नाकाबाट आवतजावत गर्दा ल्याउन पाउने सामग्रीको सीमा बढाएर ५ सय रुपैयाँ पुर्याएको हो। यसअघि यात्रुले आफ्नो साथमा १ सय रुपैयाँसम्मको सामग्री ल्याउन तथा लैजान पाउने व्यवस्था थियो।
सरकारले नयाँ नियम लागु गर्दै यात्रुले आफ्नो साथमा ५ सय रुपैयाँसम्मको सामान ल्याउन तथा लैजान पाउने व्यवस्था गरेको हो।
अर्थ मन्त्रालयले यसअघि स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई एक सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने व्यवस्था थियो। सरकारले १५ ज्येष्ठमा यस्तो व्यवस्था गरेको थियो। उक्त व्यवस्था लागु भएसँगै सीमा क्षेत्रमा समस्यासमेत सिर्जना भएको थियो।
लागु गरेको नयाँ व्यवस्थाअनुसार भने पाँच सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्ने पाउने छन्।
यसअघि १ सय रुपैयाँभन्दा बढिको सामान ल्याउन तथा लैजान नपाउने व्यवस्था गरिएकोमा सरकारको आलोचना पनि भएको थियो। मुख्य गरि नेपालको दक्षिणी सिमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले दैनिक आवश्यकताका वस्तुहरूसमेत भारतमा गई खरिद गर्ने हुँदा उक्त व्यवस्थाका कारण सर्वसाधारण मार्कामा परेका थिए।
ल्याउन र लैजान पाउने सामग्रीको सीमा बढाएतापनि भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूले भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थानमा महसुल नलाग्ने व्यवस्थालाई भने यथावत नै राखिएको छ।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×