प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइतबार प्रतिनिधिसभा संसदमा नेपाल भारत सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति भारतले औपचारिक प्रतिक्रिया दिएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नेपालका प्रधानमन्त्रीले भनेको कुरालाई ‘नोटिस’मा लिइएको बताए। नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘सीमासम्बन्धी बाँकी विषयहरूलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै सम्बोधन भइरहेको’ र त्यसमै जोड दिनुपर्ने बताए।
उनले दुई देशबीचको सीमा विवादका विषयमा कुनै पनि ‘तेस्रो पक्ष’को संलग्नता आवश्यक नरहेको बताएका छन्।
प्रधानमन्त्री बालेनले आइतबार प्रतिनिधिसभा संसदमा प्रश्नोतरमा क्रममा सोधिएको नेपाल भारत सीमा विवादबारेको प्रश्नको जवाफ दिँदै यो विषयमा बेलायतसँग पनि छलफल भइरहेको बताएका थिए। उनले भनेका थिए, ‘उहाँहरू (बेलायत)ले ब्रिटिश इन्डिया छाड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेकाले यसमा बेलायतले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै टेबल टक र कुटनितिक रूपमा समाधान हुन जनाउँछु।’
सोही विषयमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया जनाउँदै सीमा विवादमा कुनै पनि ‘तेस्रो पक्ष’को संलग्नता नभएको बताएको हो। प्रवक्ता जैसवालले भने, ‘हामीले नेपालका प्रधानमन्त्रीको टिप्पणी हेरेका छौं। भारत र नेपाल सीमाको करिब ९८ प्रतिशत क्षेत्रको सीमांकनको काम सकिएको छ। दशगजा अतिक्रमण र केही प्राविधिक मुद्दाहरू बाँकी छन्। यसको समाधान गर्न दुवै देशबीच स्थायी द्विपक्षीय संयन्त्र क्रियशील छन्।’
प्रधानमन्त्री बालेनले सीमा विवादका विषयमा बेलायत सरकारसँग पनि संवाद भइरहेको बताएतापनि यो विषयलाई भने भारत सरकारले ‘पूर्ण रूपमा अस्वीकार’ गरेको छ। उनले भने, ‘नेपाल र भारतबीचको द्विपक्षीय मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका हुँदैन भन्ने कुरा सबै सम्बन्धित व्यक्तिहरूलाई स्पष्ट हुनुपर्छ।’
साथै, जैसवालले नेपाल र भारतको सीमा विवादका केही अंशहरू ‘गण्डक नदिको धार बदलिएका कारण’ समाधान हुन बाँकी रहेको बताए।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×