दुई घन्टा ढिलो सुरू भएको प्रतिनिधिसभाको मंगलबारको बैठक प्रतिपक्षको विरोधका बीच नियमित कार्यसूचि स्थगित हुँदै सोमबारसम्मका लागि स्थगित भएको छ।
दिउँसो १ बजे बस्ने भनिएको बैठक ३ बजे सुरू भएको थियो।
यद्यपी बैठकमा प्रतिपक्षि दलहरूले भने प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रशोन्तरका क्रममा नेपाल भारत सीमाबारे दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने र माफी माग्नु पर्ने अडानका साथ प्रतिनिधिसभामा विरोध कायम राखेका थिए। विपक्षी दलले प्रधानमन्त्रीले बोलेको कुराको तथ्य माग गर्दै बिना तथ्य बोलेको भएमा माफी माग्नुपर्ने अडान राखेका थिए।
नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति संवेदनशील भएको बताए। उनले भने, ‘हामी यो विषयलाई लिएर संवेदनशील छौं। प्रधानमन्त्री आएर संसद्मा माफी माग्नुपर्छ। अनि त्यसपछि मात्रै हामी संसद चलाउन दिन्छौं।’
त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको हाजिरीको माग राखे। प्रतिनिधिसभाको नियमावलीको नियम ४ मा भएको व्यवस्थाअनुसार बैठकमा बस्नुअघि प्रत्येक सदस्यले हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनुपर्छ।
साम्पाङले नियमावलीको यहि नियम उल्लेख गर्दै भने, ‘’प्रधानमन्त्री ज्यु यहाँ आउँदाखेरि हाजिर गर्नुभएको छ कि छैन? यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ।’
सँगै उनले प्रधानमन्त्रीले नेपालले भारतको भूमि कहाँ मिचेको छ भनेर जानकारी दिनुपर्ने र गलत बोलेको भएमा माफी माग्नुपर्ने पनि बताए।
मंगलबारको बैठकमा प्रतिपक्षले विरोध कायमै राखेका कारण सभामुखले केही समय आग्रह गर्दै सभा सञ्चालन गर्न खोजेका थिए। तर, विरोधका कारण सभा सञ्चालन हुन सकेन्।
अब भने प्रतिनिधिसभाको बैठक आगामी हप्ता सोमबार बस्नेछ।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×