सरकारले २०८२ भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा भएको घट्नाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठिक अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय गरेको छ।
मंगलबारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकको निर्णय सुनाउँदै समितिका लागि ४५ दिन समय थपिएको जानकारी दिएका हुन्।
गत भदौंमा भएको जेनजी प्रदर्शनबारे गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनमा उक्त घट्नामा ‘सुरक्षा संयन्त्रको कमजोरी’ भएको उल्लेख गरिएको थियो। सोही प्रतिवेदनमा उल्लेख गरिएको सुरक्षा संयन्त्रबारेको विषय अध्ययन गर्न सरकारले गठन गरेको समितिलाई ४५ दिनको म्याद थप गरिएको हो।
सरकारले सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा गत वैशाख २ गते समिति गठन गरेको थियो।
साथै, मन्त्री परिषद्ले युनाकनेट नेसन इन्भाइरमेन्ट प्रोग्राम (यूएनडीपी)बाट वजन तहहरूलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै, सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने र भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्कोटा तथा सदस्य पदमा अमिर प्रसाद न्यौपाने, पद्मनिति सोतिल र डा. रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको छ।
थप सामाग्री पढ्नुहोस
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल...
बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह
भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद्...
कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा...
×