समाचार

भारत भ्रमणमा रास्वपा सभापति लामिछाने: कस्तो छ कार्यक्रम, कसकसलाई भेट्दैछन्?

रास्वपाका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएअनुसार लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट कार्यक्रम रहेको छ।

By अर्थहरु |

आज सोमबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै छन्। 

आइतबार राती उनी भारत भ्रमणमा जाने औपचारिक घोषणाका साथै कार्यक्रम सार्वजनिक भएको थियो। 

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले आइतबार नै लामिछानेको भारत भ्रमणबारेको औपचारिक जानकारी दिएको थियो। सो लगत्तै रास्वपाले आइतबार राति विज्ञप्ती जारी गर्दै सभापति लामिछानेको औपचारिक भ्रमणको जानकारी दिएको थियो। 

विज्ञप्तिमा भनिएअनुसार लामिछाने भारतीय सत्तारुढ दल भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा जान लागेका हुन्।

रास्वपाका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएअनुसार लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट कार्यक्रम रहेको छ।

यद्यपी उनले कुन कुन नेतालाई भेट्नेछन् भन्ने बारेमा भने खुलाइएको छैन। लामिछानेसँगै भारत जाने टोलीमा उनकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीय आचार्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको थियो। 

लामिछानेले भाजपाका शीर्ष नेतासँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ। साथै उनले भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेट्ने कार्यक्रम रहेको छ। 

नेपालको राजनीतिक परम्पराअनुसार नयाँ सरकार बनेपछि वा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि सुरूवातमा ‘दक्षिणको छिमेकी’ देश भ्रमणमा जाने चलन रहेको छ। विगतमा पनि सरकार प्रमुखहरूले यो परम्परालाई निरन्तरता दिँदै आएका थिए।

तर, वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भने भारत भ्रमणको विषय हालसम्म निर्णय भइसकेको छैन् । केही समयअघि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आएर उनलाई भारत भ्रमणका लागि निम्तो दिने कार्यक्रम रहेतापनि उनको नेपाल आउने कार्यक्रम पछि रद्द भएको थियो। त्यसपश्चात भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय हालसम्म पनि टुंगो लागेको छैन। 

साथै, प्रधानमन्त्री बालेनले आइतबार प्रतिनिधिसभाको बैठकमा नेपाल र भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्तिले विवाद सिर्जना गरेर परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै प्रष्टता दिएको छ। प्रधानमन्त्रीले संसदको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि ‘भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि उक्त अभिव्यक्ति विवादित भएको थियो।

यी सबैका बीच सत्तारुढ दलका सभापति लामिछानेको भारत भ्रमणलाई भने चासोका साथ हेरिएको छ। भाजपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमणले रास्वपा र भाजपाबीच पार्टी-टु-पार्टी सहकार्य सुरु गर्ने उद्देश्य राखेको छ। साथै, संगठनत्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अपेक्षा गरिएको छ।’

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाचार

भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल...

रासस

समाचार

बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह

भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद्...

रासस

समाचार

भोजपुरमा कोदोखेती घट्दै

कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा...

रासस

×

×