सरकारले आगामी आर्थिक वर्षबाट सरकारी कर्मचारीको तलबमा वृद्धि गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीहरूको तलबमा बृद्धि गरिएको जानकारी दिएका हुन्।
उनले भनेका छन्, ‘पछिल्लो ४ वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब बृद्धि नभएको र यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्यवृद्धि १७.३ प्रतिशत भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।’
सोही अनुरूप सरकारले कर्मचारीले हाल प्राप्त गरेको महंगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा १० प्रतिशत तलब बृद्धि गरेको उनले बताए। साथै, कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था पनि व्यवस्था गरिएको अर्थमन्त्री वाग्लेले बताए।
उनले भने, ‘यसबाट हाल खाईपाई आएको पारिश्रमिकमा २१ प्रतिशत खुद बृद्धि भई ग्रेडसहित न्यूनतम पारिश्रमिक करिब रु ४० हजारदेखि १ लाख माथि कायम हुनेछ।’
नयाँ तलब स्केल २०८३ साउन १ बाट लागु हुने उनले बताए।
अहिले संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेट पेश गरिरहेका छन्।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×