सरकारले आगामी आर्थिक वर्षमा १ हजार ४० मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जडान गरिने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवमा ६७० मेगावाट जलविद्युत र सौर्य आयोजनाबाट ३७० मेगावाट गरि कुल १ हजार ४० मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने घोषणा गरेका हुन्।
यससँगै राष्ट्रिय प्रसारण लाइनमा कुल जडित विद्युत क्षमता ५ हजार ५ सय ३५ मेगावाट पुग्ने अर्थमन्त्री वाग्लेले बताए।
साथै, जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्दा प्रवर्द्धकले शतप्रतिशत रकम जुटाएमा पहिलो वर्ष मा नै ४० प्रतिशत रकम बराबरको आईपिओ जारी गर्न पाउने व्यवस्था पनि सरकारले बजेटमार्फत गरेको छ।
त्यस्तै, सरकारले निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माणका लागि ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
अहिले संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेट पेश गरिरहेका छन्।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×