सरकारले बैंकमार्फत पारिश्रमिक भुक्तानीलाई अनिवार्य गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले श्रम क्षेत्रमा लिखित सम्झौता न्युनतम ज्याला विमा र कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंकमार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गरिएको बताएका हुन्।
श्रमिक र रोजगार दाता अनिवार्य रुपमा श्रम रजिष्ट्रीमा आवद्ध हुनुपर्ने व्यवस्था गरिएको पनि उनले बताए।
अर्थमन्त्री वाग्लेले भने, ‘यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, डुवानी तथा औद्योगिक श्रमिक आपुर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने विमा र आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ।’
साथै, कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपुर्ति र विमा दाबी प्रणाली थप प्रभावकारी बनाउने पनि उनले बताए।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×