सरकारले आगामी वर्षको बजेटमार्फत विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजिगत खर्चको एक प्रतिशत रकम विनियोजन गर्ने घोषणा गरेको छ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजिगत खर्चको एक प्रतिशत रकम विनियोजन गरिने बताएका हुन्। अहिले संघीय संसदको दुवै सदनको बैठकमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन्।
प्रतिनिधिसभाका सदस्य महाविर पुनले लामो समयदेखि सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका विषयमा बजेट विनियोजन गर्नुपर्ने माग राख्दै आएका थिए। सरकारले आगामी वर्षको बजेटमा भने यस्तो व्यवस्था गरेको छ।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×