आगामी आर्थिक वर्ष २०८३/८३ को बजेटमा सरकारले सूचना तथा प्रविधिको क्षेत्रमा महत्त्वाकाङ्क्षी घोषणाहरू गरेको छ।
सरकारले नेपाललाई टेक हब बनाउने देखि नेपालमा एआई कम्प्युटिङ केन्द्र स्थापना गर्ने तथा जलविद्युत ऊर्जा कम्प्यु्ट सेवामा रूपान्तरण गरिनेजस्ता आयोजनाहरू अघि सारेको छ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भनेका छन्, ‘सूचना प्रविधिको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा संघिय सरकारको ६६ प्रतिशत सेयर कायम राखेर बाँकी सेयर जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन प्रयोग गरिनेछ।’
साथै, सूचना प्रविधि क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुल्ला गर्ने प्रबन्ध गरिएको उनले बताए। नेपालमा बसेर विदेशी रोजगार दाताका लागि काम गर्न पाउने तथा रिमोर्ट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुन प्रबन्ध मिलाउने समेत बजेटमा उल्लेख गरिएको छ।
उनले भने, ‘डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौँ। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौँ।’
साथै, सरकारले नेपाललाई एआईको क्षेत्रमा अघि बढाउनका लागि पनि यो बजेटमार्फत महत्त्वाकाङ्क्षी घोषणाहरू गरेको छ। बजेटमा नेपाललाई एआईको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको र कठमाडौंको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले भनेका छन्, ‘हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौँ।’
सँगै, स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने र विद्यमान ऊर्जा शक्तिलाई एआईको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण गरिने अर्थमन्त्री वाग्लेले बताए।
अहिले संघिय सदनको संयुक्त सदनमा आगामी आवको बजेट प्रस्तुत भइरहेको छ।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×