समाचार

३६० वस्तुको अन्तशूल्क खारेज

By अर्थहरु |

सरकारले विभिन्न ३६० किसिमका वस्तुहरूमा लाग्दै आएको अन्तशूल्क खारेज गरेको छ। 

शुक्रबार अर्थतन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हाल ३६० वस्तुमा लागिआएको अन्तशूल्क खारेज गरेको बताएका हुन्। 
साथै, उनले विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा सीमित गरेको पनि बताएका छन्। 

उनले भनेका छन्, ‘ओद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी माल वस्तु भन्दा कम्तिमा एक तह न्युन हुने गरि २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु।’ साथै,  भन्सार विन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत जस्ता सुधार दस्तुलाई छरिएका करलाई एकिकृत गरि हरित करमा समाहित गरेको पनि उनले बताएका छन्।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाज

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...

•भूमिराज पिठातोली/रासस

समाचार

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...

•रासस

समाज

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...

•रासस

×

×